जनजातिको औचित्य बुझाउँदै गोरामुमोद्वारा पर्चा वितरण

00-1-IMG-20230306-WA0136

दार्जीलिङ: समष्टिहरुमा जनजातिको औचित्य बुझाउने कार्यलाई निरन्तरता दिँदै गोरामुमो चुङथुङ-मेरिबुङ समष्टि अनि पोख्रेबुङ-नागरी समष्टिको हाट बजारमा पर्चा वितरण गरेको पार्टीका मिडिया सेल प्रभारी दिनेश साम्पाङले जानकारी दिएका छन्।

चुङथुङ-मेरिबुङ समष्टिका सचिव धनकुमार राईले आफ्नो विज्ञप्ति जारी गर्दै भने, ‘गोर्खा जातिलाई अलग-अलग गराएर हाम्रो एकतामा विश्रृंखलता सृजना गरेर गोर्खा जातिमा कुनैलाई सुनको थालमा भात र कुनै जातलाई सिलभरको थालमा भात, कसैलाई सोफामा कसैलाई भूँईमा राखेर अतिथिको सत्कार गरे जस्तो भारत सरकारको व्यवहारको विरुद्धमा गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङले भारत सरकारको सम्बन्धित मन्त्रालयहरुमा ९ अप्रेल २००५ मा केन्द्रीय जनजाति मामिला सम्बन्धि अध्यक्ष कुवर सिंह अनि १ जून २००५ को दिन भूतपूर्व न्यायमूर्ती एवं राष्ट्रिय पछौटे वर्ग आयोगका सामाजिक न्याय तथा सशक्तिकरण मन्त्रालयका अध्यक्ष राम सुरत सिंहलाई छुट्टिएका गोर्खा जातहरुलाई १९३१ को जनगणना अनुरुप पुनः जनजातिको दर्जा भारत सरकारले झट्ट भन्दा झट्ट दिनुपर्छ भनेर पत्राचार गरेका थिएl’ सोही अनुरुप सम्बन्धित मन्त्रालयले यस विषयलाई लिएर पहल गरिदिने निर्देशन दिएका थिए भनी धनकुमार राईले बताएका छन्। पोख्रेबुङ-नागरी समष्टिबाट पनि विज्ञप्ति जारी गर्दै गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीका सदस्य मनोज राईले पनि यही विषयलाई उजागर गरेका छन्l

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *