श्यामसन तामाङ र विवेक तामाङ हाम्रो पार्टीमा सामेल

00-1-IMG-20230306-WA0088

दार्जीलिङ: अलगराज्यगोर्खाल्याण्ड आन्दोलनमा सक्रिय रहेका श्यामसन तामाङ र विवेक तामाङ हाम्रो हाम्रो पार्टीमा सामेल भएका छन्। रोहिणीका विवेक तामाङ र सिलगढीका श्यामसन तामाङले आज हाम्रो पार्टीका अध्यक्ष अजय एडवडर्सको हातबाट पार्टीको झण्डा ग्रहण गरेका छन्। सन् २०१९ देखि दुवैजना चुपचाप बसेका थिएl आज हाम्रो पार्टीमा सामेल भएपछि विवेक तामाङले भने, ‘पहाडदेखि तराई-डुवर्ससम्म छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दामाथि कुनै राजनीति दलहरूलाई इमान्दार नदेख्दा अनि पहाडमा दिन प्रतिदिन भष्ट्रचार मौलिएको देख्दा म चूपचाप बसेको थिएँl  थिए तर मेरो मन-मस्तिकले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति इमान्दार राजनैतिक दलको खोजी भने गरिरहेको थियो। हाम्रो पार्टीको भिजन अनि पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारिता देखेर भारतीय गोर्खाहरूलाई हाम्रो पार्टीले नै उन्मुक्ति दिनुसक्छ भन्ने मेरो मन-मस्तिकले बताएको हुनाले मैले हाम्रो पार्टीसँग जोडिने निर्णय लिएको होl’ श्यामसन तामाङले दार्जीलिङ पार्वतीय क्षेत्रलगायत तराई-डुवर्स एंव प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रका मानिसहरूको अन्तिम आशा रहेको बताए। हाम्रो पार्टीका केन्द्रीय कमिटीका सदस्य लाडुप घिसिङले श्यामसन तामाङ र विवेक तामाङलाई हाम्रो पार्टीमा सामेल स्वागत जनाएका छन्l

About Author

Advertisement