मंगन: तीन दिवसीय एक्सपोजर ट्रिपमा मंगन जिल्लाको विभिन्न विद्यालयका विद्यार्थीहरू निक्लिएका छन्। आज मुख्य शिक्षा अधिकारी राधा पौड्यालले झण्डा हल्लाएर विद्यार्थीहरूको भ्रमण टोलीलाई प्रस्थान गराइन्। मंगन जिल्लाको सरकारी उच्चतर माध्यमिक अनि माध्यमिक विद्यालयका कूल ३५ जना विद्यार्थी भ्रमणमा गइरहेका छन्। विद्यार्थीहरूले आगामी पाँच मार्चसम्म सिक्किमको नाम्ची जिल्ला र गेजिङ जिल्लाको भ्रमण गर्नेछन्। विद्यार्थीहरूको साथमा शिक्षकहरू पनि रहेका छन्।