गान्तोक: गान्तोक जिल्ला अन्तर्गत जिल्ला पञ्चायत भवनमा गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारेको अध्यक्षतामा वन अधिकार ऐन २००६ माथि एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भयो। जिल्ला प्रशासनिक केन्द्र र वन विभागको संयुक्त पहलमा आयोजित सभामा गान्तोक जिल्लाका जिल्ला अध्यक्ष बलाराम अधिकारी मुख्य अतिथिकरूपमा उपस्थित रहेका थिए। आफ्नो छोटो सम्बोधनमा जिल्ला अध्यक्ष बलाराम अधिकारीले यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा आयोजक समितिलाई धन्यवाद दिए। उनले वन अधिकार ऐन वन अधिकार ऐन, २००६ जीविकोपार्जन र संरक्षणमा असर पार्ने केही महत्वपूर्ण समस्यालाई सम्बोधन गर्ने माध्यम भएको बताए। उनले कार्यकाल र पहुँचको अधिकार सुनिश्चित गरी संरक्षणका लागि अधिकार सम्पन्न गर्न वनमा आश्रित समुदायको जीविकोपार्जन सुनिश्चित गर्ने लक्ष्य लिएको जानकारी गराए।उनले सबै निर्वाचित सदस्यहरुलाई वन अधिकार ऐन, २००६ बारे राम्रोसँगले जानकारी गराउनु पर्ने आग्रह गरे। यस विषयलाई लिएर जिल्लाका ग्राम पञ्चायत र जिल्लास्तरमा सचेतना कार्यक्रम आयोजना गरिनु पर्ने आवश्यकता रहेको बताए। उनले सबै निर्वाचित सदस्यहरूले समस्यामा परेका जनताको उत्थानका लागि काम गर्नुपर्ने विषयमा जोड दिए। यसै क्रममा जिल्लापाल तुषार निखारेले निर्वाचित सबै जिल्ला तथा पञ्चायत सदस्यहरुलाई स्वागत गर्दै व्यक्तिगत रुपमा भेट्ने अवसर पाएकोमा खुशी प्रकट गरे। उनले कार्यक्रममा वन अधिकार ऐन, 2006 बारे स्रोतसाधनले प्रस्तुत गरेको प्रस्तुतिबाट सबै सदस्यले सकारात्मक ज्ञान हासिल गर्न सक्ने विश्वास व्यक्त गरे।