३ मार्चः सिलगढ़ी युनाइटेड फूटबल क्लबको सहयोगमा बेंगलुरुको अग्रणी क्लब ड्रीम युनाइटेडले उत्तर बंगालको विभिन्न स्थानहरूमा ट्रायल्सको आयोजन गरी खेलाड़ीहरू चयन गर्नेछ। ट्रायल्सको शुरुवाती चरण १० मार्चदेखि शुरु भएर १५ मार्चसम्म चल्नेछ। १० मार्चमा सिलगढ़ीको सालुगढ़ा, ११ मार्चमा मिरिकको आहाले मैदान, १२ मार्चमा दार्जीलिङको निम्ति रंगबुल मैदान, १४ मार्चमा खरसाङको निम्ति मण्टिभियट मैदान, १४ मार्चमा कालेबुङको मेला ग्राउण्ड र १५ मार्चमा डुवर्सको निम्ति गोरुबथानमा ट्रायल्सको आयोजन गरिनेछ। यसमा १६-देखि २६ वर्षसम्मका खेलाड़ीहरूले हिस्सा लिन सक्नेछन्। शुरुवाती चरणमा चयन गरिएका खेलाड़ीहरूका निम्ति १६ र १७ मार्चमा अन्तिम ट्रायल्स सिलगढ़ीमा हुनेछ। हरेक स्थानमा ट्रायल्स बिहान ८ बजीदेखि शुरु हुनेछ। खेलाड़ीहरूले आफ्नो आधार कार्ड अनिवार्य रूपले ल्याउनु पर्नेछ। पञ्जीकरण शुल्क २०० रुपियाँ तोकिएको छ। अधिक जानकारीको निम्ति सम्पर्क नम्बरः ७९०८४१०२०८









