सञ्जय गोयल आईसीसी उत्तर बंगालको नयाँ अध्यक्ष निर्वाचित

CollageMaker_202333134013962.jpg

सिलगढी: सञ्जय गोयल इन्डियन चेम्बर अफ कमर्स (उत्तर बंगाल) को नयाँ अध्यक्ष निर्वाचित भएका छन्। अहिलेसम्म निशान्त मित्तल यस पद मा थिए। यसरी नै उमंग मित्तल उपाध्यक्ष पद मा निर्वाचित भएका छन्। नयाँ जिम्मेवारी पाएपछि सञ्जय गोयलले भने, ‘उद्योग सजिलो कुरा होइन। पछिल्लो दुई वर्षको कोभिड अवस्थाले यो बाटो झनै कठिन बनाएको छ। तैपनि यस क्षेत्रका सबै उद्यमीहरुको सल्लाह र सुझावले सफलताको बाटोमा अगाडि बढ्न चाहन्छु। आईसीसी उत्तर बङ्गालको वार्षिक साधारण सभाले यस क्षेत्रको आर्थिक र सामाजिक विकासको लागि मार्गचित्रको बारेमा पनि छलफल गरेको थियो। दार्जिलिङ जिल्ला मजिस्ट्रेट एस पुन्नम्बलम, सिलगढी पुलिस आयुक्त अखिलेश चतुर्वेदी, एसजेडीए सीईओ अभिजीत शिवाली, उपाध्यक्ष दिलीप दुगर, आईसीसी अध्यक्ष मेहुल मोहन्का र महानिर्देशक राजीव सिंह उपस्थित थिए।

About Author

Advertisement