मन्त्री लोकनाथ शर्माद्वारा श्रमिक अस्पतालको निरीक्षण

IMG-20230301-WA0297.jpg

गान्तोक: सिक्किम सरकारका श्रम विभागीय मन्त्री लोकनाथ नेपालले आज गान्तोकको इन्टेलस्थित (रोजगार राज्य बीमा निगम) श्रम अस्पतालको निरीक्षण गरे। उनले अस्पतालमा उपचाराधीन विरामी अनि कर्मचारीसँग संक्षिप्त कुराकानी गरे। भ्रमणको क्रममा मन्त्री शर्माले सबै कर्मचारीहरूलाई राम्रो उपचार गर्न र विरामी अनि उनको परिवारको राम्रो प्रतिक्रिया सुन्न सुझाउ दिए। साथै उनले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन पनि दिएका छन्। जानकारी गराइन्छ, श्रम मन्त्रालयद्वारा सञ्चालित उक्त अस्पताल सिक्किममा वर्ष २०१२-मा स्थापित भएको हो। यसले कम्पनीहरूमा २१ हजारभन्दा कम वेतनभोगी कर्मचारीका लागि विशेष लाभ पुर्‍याउने गरेको छ भने सम्बन्धित कर्मचारीको लागि मातृत्व विदा, दुर्घटना भत्ता, चिकित्सा साथै औषधीय सेवा लगायत आवश्यकता अनुसार पारिवारिक सहयोग जस्ता सुविधाहरू उपलब्ध गराउने प्रावधान रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *