नेशनल ऱ्याङकिङ आर्चेरी प्रतियोगिता अन्तर्गत जुनियर-सब जुनियरको फाइनल सम्पन्न

IMG-20230301-WA0301.jpg

गान्तोक: गत २४ फरवरीदेखि शुरू भएको पहिलो एनटीपीसी नेशनल ऱ्याङकिङ आर्चेरी प्रतियोगिता अन्तर्गत आज जुनियर र सब जुनियरको फाइनल खेल सम्पन्न भयो। आर्चरी एसोसिएशन अफ् इन्डिया र सिक्किम आर्चेरी एसोसिएशनको संयुक्त पहलमा आयोजित यस प्रतियोगितालाई तीनवर्गमा विभाजन गरिएको थियो, जसमा जुनियर, सबजुनियर र सिनियर रहेका छन्। तीन वर्षदेखिको निरन्तर प्रयासले गर्दा सिक्किम पहिलो पल्ट राष्ट्रीयस्तरको प्रतियोगिता आयोजना गर्ने अवसर प्राप्त भएको सिक्किम आर्चेरी एसोसिएशनको अध्यक्ष एवम मन्त्री कुङगा निमा लेप्चाले बताए।पत्रकारहरूसँगको कुराकानीमा मन्त्री लेप्चाले यो खेल राज्यका खेलाडीहरूले धेरै कुरा सिक्ने अवसर पाएको जानकारी गराए। राज्य बाहिरका खेलाडीहरूबाट प्रेरित बनेर सिक्किमका खेलाडीहरू पनि प्रेरित हुने जनाए। बाहिरका खेलाडीहरूको अनुशासन सहित खेलप्रतिको लगाव देखेर आफू पनि प्रभावित बनेको अवगत गराए। पाल्जर स्टेडियम आर्चेरीको क्षेत्रमा उत्कृष्ट स्थान रहेको र यहाँको जलबायु पनि राम्रो भएको कारण भविष्यमा यहाँ धेरै प्रकारको राष्ट्रीयस्तरको खेल हुनसक्ने मन्त्रीले सम्भावना व्यक्त गरे। उनले थप जानकारी गराए अनुसार यस प्रकारको राष्ट्रीय खेल राज्यमा आयोजना गर्नाले पर्यटन क्षेत्रमा पनि धेरै टेवा पुग्न सक्ने बताए।

आजको फाइनल खेलमा जुनियर रिकर्ब मेन्समा मिरिनल चौहानले स्वर्ण पदक हासिल गरेका छन् भने सौभिक मन्डलले रजत र विष्णु चौधरीले काँस्य पदक हासिल गरे। यसरी नै जुनियर रिकर्ब वुमेन्सवर्गमा किरणले स्वर्ण पदक जितेकी छन् भने गुरमेहर कौर ग्रेवालले रजत र मान्सी विजीय थेटेले काँस्य पदक हासिल गर्न सफल बनेकी छ्। सोही प्रकारले जुनियर कम्पाउण्ड मेन्समा उदय कम्बोजले स्वर्ण पदक जिते भने रजत पदक र हरपित सिंहले काँस्य पदक हासिल गरे। यसरी नै जुनियर कम्पाउण्ड वुमेन्समा अक्सिताले स्वर्ण पदक, तनिष्का भाटियाले रजत र निकिता डागरले काँस्य पदक प्राप्त गरे। सिनियरवर्गको फाइनल खेल आगामी ४ मार्चको दिन सम्पन्न हुने आयोजक समितिले जानकारी गराएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *