डिमा चियाबारीका श्रमिकहरूले दुई बेला काम नगर्ने दिए वार्ता

1ec041f5-ad75-42f3-97b0-aaa473f2c9e4

कालचिनीः कालचिनी खण्डको डिमा चियाबारीका श्रमिकहरूले कमान प्रबन्धनपक्षले आजदेखि दुई बेला काम गर्ने दिएको आदेशलाई नमान्ने बताएका छन्। बुधबारदेखि कमान प्रबन्धनपक्षले दुई बेला काम अनुसार तीन चरणको पत्ती ओजन हुने हुकुम दिएपछि बुधबार डिमा चियाबारीका महिला श्रमिकहरू आक्रोशित बन्दै दिउँसो पत्ती ओजन नगर्ने भन्दै पत्तीको पोको लिएर फ्याक्ट्री गेट अघि धरनामा बसेका थिए। कमान प्रबन्धनपक्षले पत्तीको ओजन नरोक्ने निवेदन गरेपछि ट्रेड यूनियन प्रतिनिधिहरूको मध्यस्थतामा श्रमिकहरूले ओजन दिन मानेको थियो।
कमानका महिला श्रमिकहरूले होली पर्व पश्चात मात्र कमानमा दुई बेला काम हुने गरेको तर होली पर्व आउन अघि यसरी दुई बेला काम नगर्ने जनाएका छन्। यदि दुई बेला काम लगाउन करकाप गरे भोलिदेखि पुनः ओजन बन्द गर्ने चेताउनी समेत श्रमिकहरूले दिएका छन्। कमानको यूनियन प्रतिनिधि शिवराम नाईकले श्रमिकहरूलाई होली बितेपछि मात्र दुई बेला काम हुने कुरा थाहा भएको तर होली अघि नै दुई बेला काम गर्ने निर्देश जारी गर्दा श्रमिकहरू उत्तेजित बनेको र ओजन रोक्ने काम गरीएको तर प्रबन्धनपक्षले पत्तीको ओजन नरोक्ने निवेदन गरेको र साँझ ट्रेड यूनियन प्रतिनिधिहरूसित यस विषयमा सभा गरेर हल निकाल्ने आश्वासन दिएको जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *