दलसिंहपाड़ामा ट्राफिकिङ टक मार्फत सचेतना

66ca45a5-75d4-4356-8d01-1097fbb855c6

कालचिनीः कालचिनी खण्डको दलसिंहपाड़ा चियाबारी अन्तर्गत पर्ने दुर्गम गाउँ जटु लाईनमा बुधबार कम्युनिटी मीडिया आर्गनाइजेशन भिडियो भोलिन्टियर्स अनि रुरल एड नामक संस्थाको आयोजनामा ट्राफिकिङ टक एक सचेतना कार्यक्रम सम्पन्न भयो।
उक्त ट्राफिकिङ टक अर्थात मानव तस्करी विरुद्ध सचेतना शिविरमा भिडियो भोलिन्टियर्सका हरिहर नागवंशी र रसिता चीक बढ़ाईक अनि रुरल एडको प्रतिनिधि साइमुन खातुनले जटु लाईनका गाउँले समुदायसित मानव तस्करी कसरी हुन्छ किन हुन्छ तस्करी भए के गर्नुपर्छ कसरी पुलिसको मदत लिन सकिन्छ र कसरी उद्धार कार्य गर्न सकिन्छ सो बारे चर्चा चलाएको थियो।
धेरै गाउँले श्रमिक महिलाहरू एवम् सोझो पुरुषहरू पनि मानव तस्करीको दलाल चक्रबाट राज्य बाहिर फसेको र उनीहरू आजसम्म गाउँ फर्किन नसकेको कुराको खुलासा भएको भिडियो भोलिन्टियर्सका उत्तरबंगाल फील्ड डाइरेक्टर हरिहर नागवंशीले जनाएका छन्। आगामी दिनमा सबै विवरणको खेस्रा बनाएर कार्य गर्ने पनि दुवै संगठनका प्रतिनिधिहरूले जनाएका छन्।

About Author

Advertisement