क्राई एनजीओद्वारा रोहिणीमा राष्ट्रिय विज्ञान दिवस पालन

IMG_20230228_194942.jpg

खरसाङ: क्राई एनजीओले रोहिणीस्थित बाल गतिविधि केन्द्रमा राष्ट्रिय विज्ञान दिवस मनाएको छ। उक्त कार्यक्रम अन्तर्गत बालबालिकाले गत्ता, कागज, प्लाष्टिकको बोतल, ग्लु, रङ आदि फोहोर सामाग्रीहरु प्रयोग गरी क्राइ एनजीओका स्वयंसेवी शिक्षकको सहयोगमा वाटर प्युरिफायर, ज्वालामुखी, रेखाचित्र बनाएका छन्। कार्यक्रममा नानीहरूलाई विज्ञान र यसको आविष्कारहरूबारेमा जानकारी गराइएको छ।

क्राई एनजीओका नानीहरू अनि अभिभावकवर्गको तर्फबाट सबैलाई नेशनल विज्ञान दिवसको शुभकामना पनि दिइएको शिक्षिका पूजा कालीकोठेले बताएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement