सडक मरमत्तिकाे निम्ति मजुवावासीद्वारा जीटीए चिफ् अनित थापा अनि क्षेत्रीय सभासद श्याम शेर्पाप्रति धन्यवाद ज्ञापन

CollageMaker_202322819423736.jpg

खरसाङ: सडक मरमत्तिकाे निम्ति खरसाङ देवराली समष्टीको मजुवावासीद्वारा जीटीए चिफ् अनित थापा अनि क्षेत्रीय सभासद श्याम शेर्पाप्रति धन्यवाद ज्ञापन गरेका छन्। २८ नम्बर समष्टी खरसाङ देवराली समष्टी अन्तर्गत चिम्नीदेखि मजुवा जाने बाटोकाे अवस्था विगत धेरै वर्षदेखि एकदमै खराब अवस्थामा पुगेको थियो भने फोर विलर गाडीहरू मात्रै मुस्किलले चल्ने अवस्था रहेको थियो। सड़कको खराब अवस्थाले गर्दा विद्यार्थीहरु साथै जनसाधारण मानिसहरुलाई धेरै असुविधा भईरहेको थियो। उक्त बाटो मजुवा, मन-मजुवा, तितेनी, खुन्द्रुके, चारधुरेकाे निम्ति जीवन रेखा (लाईफ लाईन) नै मानिन्छ। उक्त क्षेत्रहरुमा जाने एउटै मात्र बाटो भएकोले बाटोकाे अवस्था बिग्रेकोले मानिसहरु धेरै असुविधामा रहेका थिए। धेरै पार्टी र नेताहरुले आश्वासन मात्रै दिएर ठूल्ठूलो कुरा गरे तर यथार्थमा कार्य कसैले पनि गरिदिएन्। तर जीटीए चुनाव जितेपछि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका उम्मेद्वार श्याम शेर्पाले यस क्षेत्रकाे समस्यालाई गम्भीरतापूर्वक हेर्दै पहल गरेर जीटीए चिफ् अनित थापाकाे सहयोगमा मरमत्तिकाे कार्य गरिदिएको स्थानीयहरूले बताएका छन्। सम्पूर्ण गाउँवासी यस सड़कसो मरमत्ति कार्यकाे निम्ति सभासद श्याम शेर्पा अनि जीटीए चिफ् अनित थापाप्रति आभार प्रक्ट गर्दै भविष्यमा पनि उक्त क्षेत्रमा रहेको समस्याहरु समाधान गरिदिने कुरामा आशावादी छौं भन्दै सम्पूर्ण गाउँवासीकाे पक्षबाट अनिल राई, दिनेश तामाङ, ललित गुरुङ, रुसब खवास, रोहित लामा, रंजित लामा, विनोद राईले संयुक्तमा जानकारी गराएका छन्।

About Author

Advertisement