खरसाङ: दार्जिलिङ जिल्ला पुलिसद्वारा आज अपराध सचेतना कार्यक्रम खरसाङको पार्क लोकेशनस्थित गोर्खा सामुदायिक भवनमा, खरसाङ थाना आईसी नबेन्दु सरकारको रेखदेखमा सम्पन्न गरिएको छ। कार्यक्रममा विशेष गरी कुनै पनि ब्याङ्कहरूले कोही पनि ग्राहकको ओटीपी र ब्याङ्क खाता नम्बर सोध्नुको निम्ति कुनै कल वा एसएमएस नपठाउने जानकारी गराउँदै ब्याङ्कको नाममा ठगहरूबाट आउने नक्कली कल तथा एसएमएसबाट कसरी सचेत रहन सकिन्छ भन्नेबारे अवगत गराइयो। त्यसरी नै फेसबुक फेक अकाउन्ट, साइबर स्टकिङ, फेक सम्पादित गुगल कस्टमर केयर आदिका बारेमा धेरै जानकारीहरू गराइयो। हाल दार्जिलिङ जिल्लामको धेरै होटलहरूको नक्कली वेबसाइट बनाइएको अवगत गराउँदै यसबारे सबैलाई सचेत रहने आग्रह गर्दै वेबसाइट खोज्दा मानिसहरूले पूर्ण ख्याल गर्नुपर्छ भनी जनाइयो। उक्त कार्यक्रममा साइबर अपराध परामर्शदाता सौरभ विश्वासद्वारा सचेतना गराइयो भने कार्यक्रममा आईसी साइबर सेल दार्जिलिङ लगायत अन्यहरू उपस्थित थिए।