काेलकाताः एडिनो भाइरसले कोलकातामा त्रास सृजना गरेको छ। कोलकातामा एडिनो भाइरसको कारण अझ एकजना बालकको मृत्यु भएको समाचार छ। मङ्गलबार बिहान कोलकाता मेडिकल कलेज अनि अस्पतालमा बालकको मृत्यु भएको बताइएको छ। उनी केवल ६ महिनाको मात्रै थिए। अस्पताल स्रोतका अनुसार बालकलाई जन्मदेखि नै मुटुको समस्या थियो। मुटुमा प्वाल परेको हुनाले उनको उपचार भइरहेको थियो। स्वास्थ्य बिग्रिएपछि परिवारले ५ फरवरीमा उनलाई अस्पतालमा भर्ना गरेका थिए। स्वास्थ्यमा सुधार नभएपछि उनलाई २३ फरवरीमा मेडिकल कलेजमा भर्ती गरिएको थियो। जाँच गर्दा उनलाई एडिनो भाइरसको संक्रमण भइसकेको डाक्टरहरुले पत्ता लगाएका थिए। उनलाई चिसो पनि लागेको थियो। बालकको अवस्था हेरेर उनलाई उपचारका लागि हाई डिपेन्डेन्सी युनिटमा भर्ती गरिएको थियो। हृदयघातपछि उनको अन्य अंगले काम गर्न छाडेको थियो, जसका कारण आज बिहान बालकको मृत्यु भएको बताइएको छ। तर, अस्पतलका अधिकारीहरूले बालकको मृत्यु एडिनो भाइरसको संक्रमणबाट भएको हो वा होइन भन्ने बारेमा अस्पतालको प्रशासनले पुष्टि गरेको छैन।