होलीअघि रक्सी र जुवाको अड्डामा पुलिसद्वारा छापामारी, ४५ जना पक्राउ

untitled-11616493212539.jpg

कोलकाताः होलीअघि सोमबार राति दलखोला पूलिस थाना क्षेत्रका विभिन्न क्षेत्रमा अवैध रक्सी र जुवा खेल्ने अड्डामा छापामारी अभियानमा ४५ जना पक्रा परेका छन्। यस सम्बन्धमा होलीअघि सो क्षेत्रमा शान्तिपूर्ण वातावरण कायम राख्न हिजो राति रक्सी र जुवाको अड्डामा अभियान चलाइएको दलखोला पुलिसले जनाएको छ। ती मध्ये ४३ जना पक्रा परेपछि अन्तरिम जमानतमा रिहा भएका छन्। जबकि दुईजनाविरुद्ध थप कारबाही अघि बढाइएको छ। यस कारबाहीमा विभिन्न देशी तथा विदेशी कम्पनीको लगभग ४० बोतल रक्सी बरामद गरिएको बताइएको छ। यससँगै जुवाको बोर्डबाट ३ हजार १ सय ७० रुपियाँ बरामद गरिएको छ। यस अभियानलाई निरन्तरता दिने दलखोला पुलिसले जनाएको छ।

About Author

Advertisement