कोलकाता: पश्चिम बंगालको कोयलांचल क्षेत्र आसनसोलदेखि झारखण्डको धनबाद गइरहेको जन्तीको गाड़ी दुर्घटनाग्रस्त भएको छ।यस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। बेहुला चडेको गाड़ी दुर्घटनामा परेको थियो ।पुलिस सूत्रहरू अनुसार, सोमवार राति लगभग ११.४५ बजी नम्बर राष्ट्रिय राजमार्ग अन्तर्गत कालना मोड छेउ सो दुर्घटना भएको हो। पानागढतिर आइरहेको बेहुलाको गाड़ी सड़क छेउको खम्बासँग ठोकियो। दुर्घटनापछि चार जना गम्भीर रूपमा घाइते भए। घटनाको सूचना पाएपछि पुलिस त्यहाँ पुगेर सबैलाई आसनसोल अस्पताल लिएर गए। चिकित्सकले उपचारको क्रममा दुई जनालाई मृत घोषित गरिदिए। वाहनका अन्य यात्रीहरूको स्थिति गम्भीर रहेको छ। पुलिसले घटनाको जाँच गरिरहेको छ।










