पाँच करोड बराबरको ड्रग्ससहित तस्कर पक्राउ

5079.jpg

मोरीगाउँ: एक व्यक्तिलाई लगभग ७२० ग्राम ड्रग्सको साथमा मोरीगाउँ पुलिसले जागीरोडमा ड्रग्स विरूद्ध छापा मारेर राष्ट्रिय राजमार्गमा पक्राउ गरेको छ ।गए राति छापा मारिएको थियो, जसमा एक व्यक्तिलाई पक्राउ गरिएको छ। पक्रा पर्ने व्यक्तिको नाम अनवर हुसैन हो। आरोपित मूल रूपमा नगाउँ
जिल्लाको पिडको बेसामारी निवासी हुन्। यस अभियानको नेतृत्व मोरीगाउँका अतिरिक्त पुलिस अधीक्षकले गरेका थिए जफत गरिएको ड्रग्सको दाम लगभग ५ करोड़ रूपियाँ रहेको अनुमान लगाइएको छ। ड्रग्स सब्जीभित्र लुकाएर राखिएको थियो। आरोपित विरूद्ध एनडीपीएस एक्ट अन्तर्गत प्राथमिकी दर्ता गरेर जाँच शुरू गरिएको छ।

About Author

Advertisement