कोविड़ भारत: कोरोनाक १६९ नयाँ मामिला, १ जनाकाे मृत्यु

COVID_Model_AP.jpg

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १६९ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,८७,३७१ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले केरालामा १ जनाकाे मृत्यु भएकाे छ। हालसम्म देशमा यस राेगले मृत्यु हुनेको कुल संख्या ५,३०,७७१ पुगेको छ। यसरी नै यस अवधिमा १४० जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,५३,३४३ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८०% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या २,२५७ रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,००,५४० जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९१,८६,२३,५३३ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ५,९७६ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६३,८७,८८९ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement