फिफा अवार्ड्सः लियोनल मेस्सी सर्वश्रेष्ठ खेलाड़ी

IMG-20230228-WA0122.jpg

२८ फरवरीः अर्जेण्टिना फूटबल टीमका स्टार खेलाड़ी तथा दिग्गज स्ट्राईकर लियोनल मेस्सीले सोमवार पेरिसमा भएको फिफा पुरस्कार समारोहमा सालको (२०२२) सर्वश्रेष्ठ पुरुष फूटबलरको पुरस्कार जिते। फूटबल इतिहासका महानतम् खेलाड़ीहरूमा एक मेस्सीले पुरस्कारको होड़मा फ्रान्सकी स्टार खेलाड़ी कीलियन एम्बाप्पे र करीम बेञ्जेमालाई पछि छोड़े। पुरस्कारको निम्ति भएको भोटिंगमा मेस्सीलाई ५२, एम्बाप्पेलाई ४४ र बेञ्जेमालाई ३४ पोइण्ट प्राप्त भयो। यसरी नै स्पेनकी स्टार फूटबलर अलेक्सिया पुटेलासलाई सालकी सर्वश्रेष्ठ महिला फूटबलर चयन गरियो। पुटेलासले पुरस्कारको होड़मा अमेरिकाकी स्टार फूटबलर एलेक्स मोर्गन र बेथ मीडलाई परास्त गरिन्। मेस्सीले यस पुरस्कारलाई दोस्रोपल्ट जिते। यसअघि उनले साल २०१९-मा यस पुरस्कारलाई हासिल गरेका थिए। यसरी मेस्सीले आफ्ना चीरप्रतिद्वन्द्वी पोर्तुगलका क्रिस्टियानो रोनाल्डो र पोल्याण्डका रोबर्ट लेवाण्डोस्कीको रेकर्डको पनि बराबरी गरे। रोनाल्डोले २०१६ र २०१७-मा लगातार दुईपल्ट पुरस्कार जितेका थिए। यसरी नै लेवाण्डोस्की साल २०२० र २०२१-मा सालका सर्वश्रेष्ठ फूटबलर बनेका थिए। मेस्सीको निम्ति गत वर्ष सुन्दर सपनाभन्दा कम्ती रहेन। उनले दिसम्बर २०२२-मा आफ्नो पहिलो फिफा वर्ल्ड कप खिताब जिते। कतरमा भएको वर्ल्ड कपको फाइनलमा ३५ वर्षीय मेस्सीले अर्जेण्टिनाको निम्ति दुईवटा महत्त्वपूर्ण गोल गरे। फाइनलको परिणाम ३-३-को बराबरीमा रहेपछि पेनल्टी शूटआउटको माध्यमले परिणाम हासिल गरिएको थियो। यसरी अर्जेण्टिनाले मेस्सीको अगुवाईमा ३६ सालपछि फिफा वर्ल्ड कपको खिताब जितेको थियो। फाइनलमा फ्रान्सको तर्फबाट एम्बाप्पेले पनि यादगार ह्याट्रिक गरेका थिए।

मेस्सीको साथमा अर्जेण्टिनाई टीमलाई वर्ल्ड च्याम्पियन बनाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने लियोनल स्कालोनीलाई सालका सर्वश्रेष्ठ प्रशिक्षकको पुरस्कार हासिल भयो। पूरा वर्ल्ड कपको अवधि असाधारण प्रदर्शन गर्ने अर्जेण्टिनाका गोलकीपर एमिलियानो मार्टिनेजले विशेष सम्मान हासिल गरे। आफ्नो रंगीन स्वभावले गर्दा आलोचना र प्रशंसा दुवै बटुल्ने मार्टिनेजलाई सालका सर्वश्रेष्ठ गोलकीपरको पुरस्कार प्राप्त भयो। सालको सर्वश्रेष्ठ गोलको निम्ति प्रदान गरिने पुस्कस पुरस्कार मार्सिन ओलेक्सीले जिते। यसरी नै फेयर प्ले पुरस्कार जर्जियाका फूटबलर लुका लोचशविलीले हासिल गरे, जसले म्याचको अवधि विपक्षी टीमका खेलाड़ीको ज्यान बचाएका थिए।

मेस्सीले हालै ओलम्पिक डी मार्सिले विरुद्ध लीग १-को म्याचमा पेरिस सेण्ट जर्मेनको तर्फबाट खेल्दै इतिहास रचेका थिए। त्यस म्याचमा उनले क्लब करियरमा आफ्नो ७०० वटा गोल पूरा गरेका थिए। मेस्सीले आफ्नो पूर्व क्लब बार्सिलोनाबाट खेल्दै ६८२ गोल गरेका थिए। पुरस्कार समारोहमा आफ्नो क्लब पेरिस सेण्ट जर्मेनका साथी एम्बाप्पेसँग बसेका मेस्सीले भने, यो आश्चर्यजनक कुरा हो। गत वर्ष मेरो निम्ति अविस्मरणीय रह्यो। आज राति यहाँ हुनु अनि पुरस्कार जित्नु मेरो निम्ति ठूलो सम्मान हो। म आफ्ना प्रशिक्षक (स्कालोनी) र साथीहरूलाई धन्यवाद दिन चाहन्छु। उनीहरूका सहयोग बिना यो सम्भव थिएन। गत वर्ष मैले आफ्नो सपनालाई हासिल गरे, जसको मैले लामो समयदेखि आशा गरिरहेको थिएँ। म आफूलाई भाग्यशाली ठान्छु।

फिफा पुरस्कारहरूः
सर्वश्रेष्ठ फूटबलर (पुरुष)- लियोनल मेस्सी
सर्वश्रेष्ठ फूटबलर (महिला)- अलेक्सिया पुटेलास
सर्वश्रेष्ठ गोलकीपर (पुरुष)- एमिलियानो मार्टिनेज
सर्वश्रेष्ठ गोलकीपर (महिला)- मेरी एर्प्स
सर्वश्रेष्ठ प्रशिक्षक (पुरुष)- लियोनल स्कालोनी
सर्वश्रेष्ठ प्रशिक्षक (महिला)- सरीना विगम्यान
पुस्कस पुरस्कारः मार्सिन ओलेक्सी
सर्वश्रेष्ठ प्रशंसक पुरस्कारः अर्जेण्टिनाका प्रशंसक

About Author

Advertisement