भारतीय सेनाको निम्ति सिक्किममा नै भर्ना प्रक्रिया हुने

indian-armed-forces-set-poster-260nw-669430741.jpg

गान्तोकः भारतीय सेनामा भर्ना हुने युवाहरूको निम्ति सिक्किममा नै भर्ना प्रक्रिया शुरू गरिने भएको छ। आज टाशीलिङस्थित सचिवालयमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय सेनाका कर्णल सन्दीप कुमारले उक्त जानकारी गराएका हुन्। उनले जानकारी गराए अनुसार, गत १६ फरवरीदेखि अनलाइन फारम भर्ने प्रक्रिया शुरू भएको छ भने यसको अन्तिम मिति 15 मार्च रहेको छ। सिक्किम राज्यलाई प्राथमिकता दिँदै राज्यका युवाहरूको निम्ति सिक्किममा नै भर्ना गरिने उनले बताए। यसभन्दा अघि नाम्चीमा अग्नीविरको निम्ति चालिस जना युवाहरूलाई छनौट गरिसकेको छ।

सेनामा भर्नाको निम्ति इच्छुक युवाहरूमा कुनै प्रकारको शंका उत्पन्न भएको खण्डमा वेबसाइट र युट्यूबमा गएर भर्ना सम्बन्धि नियम बुझ्न सकिने साथै यसको निम्ति हेल्प डेस्क नम्बर पनि सार्वजनिक गरेको छ। सेना भर्ना प्रक्रियामा यस वर्षदेखि केही नियमहरूमा परिवर्तन भएता पनि भर्ना प्रक्रिया भने पहिला जस्तै यथावत रहेको उनले जानकारी गराए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *