प्रदेश भाजपा टोलीको केन्द्रीय वित्तमन्त्रीसित भेट

IMG-20230227-WA0248.jpg

गान्तोक: सिक्किम प्रदेश भाजपा अध्यक्ष डीआर थापा अनि पार्टीका विधायक, पार्टी कार्यकारिणी र कार्यकर्ताहरुका एक टोलीले आज केन्द्रीय वित्त मंत्री निर्मला सीतारमणसित भेट गरे। उक्त भेट प्रवेशद्वार रम्ङ्गूमा भएको हो। भेटमा विभिन्न विषयमा छलङ्गल भएको थियो। प्रदेश अध्यक्ष थापाले अर्थमन्त्री समक्ष केही महत्वपूर्ण आर्थिक मुद्दा उठाएका थिए। जसमा राज्यको आर्थिक अवरोधलाई सम्बोधन गर्न एकमुष्ठ वित्तीय प्याकेजको लागि अनुरोध गरे। थापाले राज्यमा बढ्दो शिक्षित बेरोजगारको गम्भीर समस्या रहेको र राज्यको बेरोजगारी समस्यालाई सम्बोधन गर्न आवश्यक कदम चाल्नुपर्ने माग गरे। उनले राज्यमा स्वरोजगारी प्रवद्र्‌धन गर्न सबै ब्यांकहरुलाई बिनाधितो साना व्यापार ऋण सहज रुपमा उपलब्ध गराउन निर्देशन दिने सुझाव दिए। भाजपा विधायक सोनाम भेन्चुङ्पाले राज्यको बेरोजगारी समस्यालाई सम्बोधन गर्न पूर्वोत्तर औद्योगिक लगानी र प्रवर्द्धन नीतिको थप विस्तारको लागि अनुरोध गरेका थिए। यसबीच केन्द्रीय मन्त्रीले पार्टीका प्रतिनिधिहरुले उठान गरेको विषयमाथि छलङ्गल गर्ने उल्लेख गरिन्‌। वित्तमन्त्रीको सिक्किम भ्रमणले सिक्किमका जनताको हितमा राज्यका समस्या समाधान हुनेमा भाजपा सिक्किम निकै आशावादी देखिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *