वाहन दुर्घटनामा एकजनाको मृत्यु

IMG-20230215-WA0000.jpg

सोरेङ: सोरेङ बजारदेखि लगभग एक किलोमिटर टाढा डाँडागाउँमा एसके ०२-पी- १२२३ नम्बरधारी निजी वाहन दुर्घटना हुँदा एकजना महिला निता प्रधान (३७)-को घटना स्थलमा नै ज्यान गएको छ। डाँडागाउँदेखि यात्री निवास (हालमा सोरेङ खण्ड प्रशासनिक कार्यलय)-लाई जोड्ने नयाँ सडकमा उक्त दुर्घटना भएको हो। वाहन माथिबाट पल्टिएर सोरेङ-सोम्बारे रोडमा झरेको थियो। दुर्घटनामा सन्तोष मगर गम्भीर घाइते बनेको छ। वाहन सन्तोष मगरले नै चलाएको बताइएको छ। घटनाको समाचार पाउन साथ स्थानीय पञ्चायत, सम्बन्धित पुलिस र स्थानीय गाउँलेहरु उद्घार कार्यमा जुटेको थिए। पहाडी राज्य सिक्किममा बढ्दो सडक दुर्घटना एउटा गम्भीर चिन्ताजनक विषय बन्दै गएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *