राज्यपालले गरे प्रधानमन्त्री र गृहमन्त्रीसँग भेट

IMG-20230227-WA0247.jpg

गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आइतवार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदी अनि केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहसँग शिष्टाचार भेट गरे। सिक्किमका राज्यपालको रूपमा नियुक्त भएपछि राज्यपाल लक्ष्मण प्रसाद आचार्यले प्रधानमन्त्री नरेन्द्र मोदी अनि केन्द्रिय गृह मन्त्रीसँग पहिलोपटक सौहार्द्रपूर्ण भेट गरेका छन्। यस भेटमा प्रधानमन्त्री नरेन्द्र मोदी अनि केन्द्रिय गृह मन्त्री अमित शाहले राज्यपाल लक्ष्मण प्रसाद आचार्यलाई सिक्किमको राज्यपाल नियुक्त भएकोमा बधाई दिँदै नयाँ जिम्मेवारीको निम्ति शुभकामना व्यक्त गरे। राज्यपाल आचार्यले दुवैप्रति कृतज्ञता प्रकट गरे। यस भेटमा विविध विषयमा प्रधानमन्त्री अनि गृह मन्त्रीसँग राज्यपालले कुराकानी गरे।

About Author

Advertisement