मिरिक: आज सोमबार मिरिक महकुमा शासक कार्यालयमा मिरिक महकुमा समितिको एउटा सभा अनुसूचित जाति-जनजातिहरूको सुरक्षा विषयमा सम्पन्न भयो। मिरिक महकुमा शासक सुदीप्त देवनाथको अध्यक्षतामा सम्पन्न भएको सभामा मिरिक महकुमा शासक सुदिप्त देवनाथ, डीएमडीसी मृदुल श्रीमणी, मिरिक खण्ड विकास अधिकारी श्रेयाश्री माइती, मिरिक थाना प्रभारी लगायत विभागीय अधिकारीहरू उपस्थित थिए। सभामा अनुसूचित जाति अनि जनजातिलाई संविधानले दिएको सुरक्षामाथि चर्चा गर्दै तिनीहरूलाई हरप्रकारको सुरक्षा प्रदान गरिने आजको सभामा प्रतिबद्धता गरिएको डीएमडीसी मृदुल श्रीमणीले बताए।