तीनधारे चियाबारीबाट चितुवा उध्दार

IMG-20230227-WA0235.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत तीनधारे चियाबारी क्षेत्रबाट एउटा ठूलो चितुवा उध्दार गरिएको छ। प्राप्त जानकारी अनुसार आज सोमबार बिहान तीनधारे चियाबारीको कारखाना नजिक गोदामधुरामा रहेको ब्रिटिशकालीन पुरानो पानीको ठूलो ट्यांकीभित्र चितुवा फसेको चियाबारीमा कार्यरत् श्रमिकहरूले बिहान ७ बजेतिर देखेका थिए। चितुवा फसेको देखेपछि दार्जिलिङ वाइल्ड लाइफको सुकना डिभिजनको स्काउडलाई सूचना दिएपछि रेञ्ज अफिसर दिपक रसाईलीको अगुवाईमा १६ सदस्यीय टोली आएर उक्त चितुवालाई तीनधारे चियाबारीबाट उध्दार गरिएको तीनधारे चियाबारीको सह प्रबन्धक प्रशान्त बराईलीले जानकारी गराएका छन्। उनले जानकारी दिए अनुसार वाइल्ड लाइफ सुकना डिभिजनको टिम आएर रेञ्ज अफिसर दिपक रसाईलीको अगुवाईमा चितुवाके उध्दार कार्य सम्पन्न गरिएको छ। ठूलो पानी हाउसभित्र फसेको चितुवालाई उध्दार गर्नलाई बेहोसीको इन्जेक्शनलाई बन्दुकबाट लगाएर बेहोस बनाएर चितुवालाई उध्दार गरिएको छ।

उक्त उध्दार कार्यमा स्थानीय मानिसहरूका भीड़ भएकोले तीनधारे पुलिस आउट पोष्टको इन्चार्च एएसआई जीवन राई र उनको टोली पनि उपस्थित रहेको जानकारी प्राप्त भएको छ। तीनधारे चियाबारीबाट उध्दार गरिएको चितुवा फिमेल चितुवा रहेको र उक्त चितुवाको उमेर ६ देखि ८ वर्षको हुन सक्ने वाइल्ड लाइफको अधिकारीहरूले बताएखओ जानकारी तीनधारे चियाबारीको सह प्रबन्धक प्रशान्त बराईलीले दिएका छन्। उनले यो चितुवाले खरायोको शिकार गर्दै जाँदा तीनधारे चियाबारीमा रहेको ब्रिटिशकालीन पुरानो पानीको हाउसभित्र फँसेको पनि बताएका छन्। उक्त चितुवालाई तीनधारे चियाबारीबाट उध्दार गरी वाइल्ड लाइफ सुकना डिभिजनले बिहान लगभग १० देखि १०:३० बजेको समय लगेको बताइएको छ।

About Author

Advertisement