खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको बीस माइलस्थित स्मृति वनमा मौरी पालन विषयमा दुई दिवसीय प्रशिक्षण शिविर सम्पन्न भएको छ। आईभीवाई मल्टिपरपोस को-ओपरेटिभ सोसाईटी तीनधारे र पश्चिम बंगाल खादी अनि ग्रामीण उद्योग बोर्डको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको छ। आईतबारदेखि शुरु भएको सम्पन्न पहिलो दिनको प्रशिक्षण कार्यक्रममा प्रशिक्षकको रूपमा खरसाङका पीडी लामा उपस्थित थिए भने दोस्रो दिनको प्रशिक्षणमा प्रशिक्षकको रूपमा सामसिङ निवासी आशा कुमार राई उपस्थित थिए।

उक्त प्रशिक्षण शिविरमा उनले मौरी पालन आधुनिक परिपाटीमा कसरी गर्न सकिन्छ भन्ने विषयमा उपस्थितहरूलाई जानकारी गराएका थिए। उक्त मौरी पालन प्रशिक्षण शिविरमा खरसाङ, गिध्द पहाड़, महानदी, घुम्ती, जंगपाना, सिविटार, घैयाबारी, जोगमाया, तीनधारे, चुनभट्टी, सिपाहीधुरा लगायत अन्य स्थानहरूबाट पनि मानिसहरू उपस्थित रहेका थिए। मौरी पालन प्रशिक्षण शिविरको दोस्रो दिन प्राक्टिकल रूपमा प्रशिक्षण गराइएको थियो। उक्त मौरी पालन प्रशिक्षण शिविरमा पश्चिम बंगाल खादी अनि ग्रामीण उद्योग विकास बोर्डको फिल्ड अफिसर स्वप्नदीप थापा उपस्थित थिए भने आईभीवाई मल्टीरपोस को-ओपरेटिभ सोसाइटी तीनधारेको सल्लाहकार प्राध्यापक प्रज्वल प्रधान, संस्थापक स्वप्नदीप थापा, सचिव मोहित राणा, कोषाध्यक्षा सलोमी प्रधान, बोर्ड अफ् डाईरेक्टर ज्योति भट्टराई लगायत अन्यहरू उपस्थित रहेका थिए।

दोस्रो दिनको प्रशिक्षण कार्यक्रमपछि सहभागीहरू सबैलाई प्रमाण पत्रसहित आधुनिक परिपाटीमा मौरी पालनको लागि मौरीको डुढ र अन्य सामाग्रीहरू पनि वितरण गरिएको स्वप्नदीप थापाले जनाएका छन्।