युवाहरूद्वारा नै समृद्ध राष्ट्र निर्माण सम्भव छ: ओम बिरला

IMG-20230227-WA0233.jpg

खरसाङ: लोकसभा अध्यक्ष ओम बिरलाले आज खरसाङको मकैबारीस्थित चाय कुटीरमा युथ अफ् इण्डियाद्वारा आयोजित एउटा कार्यक्रममा आफ्नो उपस्थिति दिन्दै युवाहरूद्वारा समृद्ध राष्ट्र निर्माण सम्भव हुने बताएका छन्। उनले भारत समृद्धशालीको दिशातर्फ गइरहेको अवगत गराउँदै अझ युवाहरूको यसमा धेर सहभागिता हुनुपर्ने विचार व्यक्त गरेका छन्। अध्यक्ष बिरलाले जीवनमा अघि बढ्नको निम्ति धेरै परिश्रम गर्नुपर्छ भन्दै राष्ट्रको सबै कार्यहरूमा युवाहरूको पूर्ण सहभागिता होस भन्ने सपना छ। व्यक्तिदेखि समाज हुँदै राष्ट्रसम्मको समस्याको समस्या पनि युवाहरूद्वारा नै सम्भव छ भनी बताए। उनले आफ्नो यसपल्टको भ्रमण अवधि विभिन्न ग्रामीण क्षेत्रहरूमा गइरहेको अवगत गराउँदै हाम्रा ग्रामीण क्षेत्रमा धेरै समस्याहरू रहेको जनाउँदै तर आफ्नो क्षेत्रको समस्याहरूको समाधान गर्ने विषयमा हाम्रा युवाहरूको उस्तो चासो नरहेको बताउँदै अब आगामी दिनहरूमा आफ्नो गाउँ-घरको समस्या समाधान गर्ने दिशामा युवाहरूलाई अग्रसित हुने आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement