मानव उत्थान सेवा समिति सिक्किमद्वारा राज्यको विभिन्न धार्मिकस्थलको सर-सफाई

IMG-20230226-WA0274.jpg

गान्तोक: मानव उत्थान सेवा समिति सिक्किम राज्यद्वारा आइतवारको दिन विभिन्न धार्मिकस्थलमा जिल्ला स्तरीय सफाई अभियान सम्पन्न भयो।समिति, मानव सेवादल,युवा प्रकोष्ठ एवं बाल सभाका नानीहरूले पनि यस सफाई अभियानमा भाग लिएका थिए।विशेष गरेर सिक्किमको राजधानी गान्तोकको मुटुमा रहेको प्रसिद्ध ठाकुरबाड़ी मन्दिर पनि पर्यटन स्थल भन्दा कम छैन। यहाँ स्थानीय श्रद्धालुदेखि लिएर विभिन्न स्थानका मानिसहरू राजधानी घुम्न आउँदा आस्थाको प्रतिक यो मन्दिरलाई पनि हेर्न आउने गदर्छन्। यही विशेस्तालाई मध्यनजर राखेर मानव उत्थान सेवा समितिले यो ठाकुरबाड़ी मन्दिरमा सफाई अभियान चलाउँदै आइरहेको छ। आज विशेषगरी सिक्किम मण्डल प्रभारी महात्मा ज्ञान बाईजीको विशेष उपस्थितिमा सफाई अभियान सम्पन्न भयो।

यो सफाई अभियानमा समिति, सेवादल, युवा प्रकोष्ठ साथै बाल सभाका नानीहरूले मन्दिर भित्र-बाहिरका मैला-कुचेलाहरू निकाल्न निकै परिश्रम गरेका थिए। यो सफाई अभियानमा सिक्किम राज्य समितिका अध्यक्ष पूर्ण योञ्जन, सिक्किम राज्य समिति कोषाध्यक्ष भरत कुमार प्रधान, सिक्किम मण्डल प्रमुख प्रविण गुरूङ, उप-जिल्ला प्रमुख मिलन ठटाल राई बिशेष रूपमा उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement