सेरि एः शीर्ष स्थानमा १८ पोइण्टको बढ़त हासिल गऱ्यो नापोलीले

IMG-20230226-WA0086.jpg

२६ फरवरीः इटालियन सेरि ए फूटबलको जारी सीजनमा अप्रतिरोध देखिएको नापोलीले आफ्नो अजेय अभियानलाई जारी राख्यो। नापोलीले शनिवार राति खेलिएको म्याचमा एम्पोलीलाई २-०-ले पराजित गऱ्यो। म्याचको ६७औं मिनटमा मारिओ रुइले रेड कार्ड देख्नु परे पनि नापोलीले दशजना खेलाड़ीको साथ खेल्दै एम्पोलीलाई कुनै मौका दिएन। एम्पोलीका एर्डिअन स्माजलीले १७औं मिनटमा आत्मघाती गोल गर्दा नापोलीलाई बढ़त हासिल गऱ्यो। त्यसपछि लयमा रहने भिक्टर ओसिमहेनले २८औं मिनटमा अझ एक गोल गरी नापोलीलाई २-०-ले जीत दिलाए। यस जीतपछि नापोली २४ वटा म्याचमा ६५ पोइण्टको साथ सेरि ए टेबलको शीर्ष स्थानमा कायम रह्यो। अहिले उनीहरूसँग दोस्रो स्थानमा रहने इण्टर मिलानभन्दा १८ पोइण्ट अधिक रहेको छ। यसरी नै १२औं स्थानमा रहने एम्पोलीसँग २८ पोइण्ट रहेको छ। अन्य एउटा म्याचमा सासुओलोले लीसलाई १-०-ले पराजित गऱ्यो। सासुओलो अहिले २७ पोइण्टको साथ १३औं स्थानमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement