ला लीगाः म्याड्रिड डर्बी १-१-ले ड्र

IMG-20230226-WA0032.jpg

२६ फरवरीः स्पेनिश ला लीगा फूटबलको बहुप्रतीक्षित म्याड्रिड डर्बी ड्र-मा समाप्त भयो। शनिवार राति खेलिएको हाईभोल्टेज म्याचमा गत सीजनको च्याम्पियन रियल म्याड्रिडलाई दशजना खेलाड़ीमा सीमित एट्लेटिको म्याड्रिडले १-१-को ड्र-मा रोक्यो। आफ्नो होम ग्राउण्ड सेण्टियागो बर्नब्यू स्टेडियममा ६२ प्रतिशत पोजेशनको साथ खेल्ने रियल लगभग अन्तिम समयसम्म १ गोलले पछि रहेको थियो। म्याचमा अनुभवी खेलाड़ी एञ्जेल कोरेआलाई ६४औं मिनटमा रातो कार्ड देखाइए पनि एट्लेटिको म्याड्रिडले ७८औं मिनटमा बढ़त हासिल गऱ्यो। जोसे मारिआ गिमिनेजले एट्लेटिकोलाई बढ़त दिलाए। त्यसपछि चरम दबाउबीच सब्स्टीट्यूड खेलाड़ी अल्भारोले ८५औं मिनटमा गोल गरी रियल म्याड्रिडको सम्मान बचाए। यस ड्र पछि रियल म्याड्रिड २३ वटा म्याचमा ५२ पोइण्टको साथ ला लीगा टेबलको दोस्रो स्थानमा कायम रह्यो। यसरी नै चौथो स्थानमा रहने एट्लेटिकोसँग ४२ पोइण्ट रहेको छ। यसबीच रियल सोसिएदाद चाहिँ भेलेन्सिया विरुद्ध १-०-ले हारको सम्मुखीन भयो। रियल सोसिएदादका इगोर जुबेलडिआले ४०औं मिनटमा आत्मघाती गोल गर्दा भेलेन्सियाले म्याच जित्यो। यस हारपछि रियल सोसिएदाद ४३ पोइण्टको साथ तेस्रो स्थानमा कायम रह्यो। भेलेन्सिया २३ पोइण्ट लिएर १७औं स्थानमा रहेको छ। ला लीगाका अन्य म्याचहरूमा एस्पानयोलले मालोर्कालाई २-१-ले अनि काडिजले रायो भाल्लेकानोलाई १-०-ले पराजित गऱ्यो।

About Author

Advertisement