एपोलो म्याराथनमा अंश ग्रहण गर्न सिलगढीका धावक प्रिया छेत्री दिल्ली प्रस्थान

CollageMaker_2023224161441668.jpg

सिलगढी: प्रिया छेत्री सिलगढीको खोलाचन्द फाप्री निवासी पिता प्रकाश छेत्री अनि माता शिला छेत्रीकी कान्छी सुपुत्री आगामी २६ फरवरीको दिन दिल्लीमा आयोजित हुने २१ किलोमिटर दुरीको एपोलो म्याराथनमा अंशग्रहण गर्न दिल्ली प्रस्थान भएकी छन्। नेब स्पोर्ट्स साथै एथलेटिक्स फेडरेसन अफ इन्डियाले आयोजना गरेको उक्त म्याराथन दौड दिल्लीको जवाहरलाल नेहरू स्टेडियममा सम्पन्न हुनेछ भने यही दौडबाट नै एशियन गेम्सको निम्ति धावकहरुको छनौट हुने बताइएको छ। तिनले केही दिन अघिदेखि देशको राजधानी दिल्लीमा अभ्यास गरिरहेकी छन्। धावक प्रिया छेत्रीले यो भन्दा अघि कोलकाता पुलिसको आयोजनामा १२ फरवरीको दिन ‘सेफ ड्राइभ सेभ लाईफ को थिममा सम्पन्न भएको २१ किमी दौडमा भाग लिएर पाँचौ स्थान ओगट्न सफल भएकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement