सेमिफाइनलमा हाऱ्यो भारतः अष्ट्रेलिया सातौंपल्ट महिला टी२० वर्ल्ड कपको फाइनलमा

IMG-20230223-WA0307.jpg

२३ फरवरीः अष्ट्रेलियाले भारतलाई पराजित गरी सातौंपल्ट आईसीसी महिला टी२० वर्ल्ड कपको फाइनलमा स्थान बनायो। केप टाउनको न्यूल्याण्ड्समा खेलिएको टुर्नामेण्टको पहिलो सेमिफाइनल म्याचमा अष्ट्रेलियाले भारतलाई ५ रनले पराजित गऱ्यो। यसरी अष्ट्रेलियाले सातौंपल्ट टुर्नामेण्टको फाइनलमा स्थान बनायो।

म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै अष्ट्रेलियाले भारतको खराब फील्डिंगको फाइदा उठाउँदै २० ओभरमा ४ विकेट गुमाएर १७२ रनको दह्रिलो स्कोर बनायो। ओपनर बेथ मूनीले ३७ बलमा ७ वटा चौका र एउटा छक्काको साथ सर्वाधिक ५४ रन बनाइन्। यसबाहेक कप्तान मेग लेनिंगले ४ वटा चौका र २ वटा छक्काको साथ ३४ बलमा अविजित ४९ रन बनाइन्। एश्ले गार्डनरले ३१ र एलिशा हिलीले २५ रनको योगदान दिइन्।

भारतीय बलरहरूमा शिखा पाण्डेले २ विकेट हासिल गरिन्। जवाफमा भारतले २८ रनमै शीर्ष तीनजना ब्याटरलाई गुमाएपछि कप्तान हरमनप्रीत कौर र जेमिमाह रोड्रिग्सले लड़ाइँ गरे पनि २० ओभरमा ८ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो। अस्वस्थ्य भए पनि म्याच खेल्न ओर्लिने हरमनप्रीतले ३४ बलमा ६ वटा चौका र एउटा छक्काको साथ ३४ बलमा ५२ रन बनाइन्। यसबाहेक जेमिमाहले २४ बलमा ६ वटा चौकाको साथ ४३ रन बनाइन्। रिचा शर्मा (१४ रन) र दीप्ति शर्मा (अविजित २० रन)-ले प्रयास गरे पनि अष्ट्रेलियालाई फाइनलमा स्थान बनाउनदेखि रोक्न सकिनन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *