जिल्ला स्तरीय सतर्कता तथा अनुगमन समितिको बैठक समपन्न

Screenshot_20230223_221753_Google.jpg

गान्तोक: नाम्चीको जिल्ला प्रशासनिक केन्द्रमा अनुसूचित जाति र जनजाति अत्याचार रोकथाम ऐन १९८९ माथि जिल्ला स्तरीय सतर्कता तथा अनुगमन समितिको पहिलो त्रैमासिक बैठक सम्पन्न भएको छ। नाम्ची जिल्लाका जिल्लापाल एम भरानी कुमारको अध्यक्षतामा बसेको बैठकमा महकुमा अधिकारी लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। यस अवसरमा विशेष गरेर जनजाति र अनुसूचित जातिमाथि हुने अन्याय अत्याचार र रोकथामबारे चर्चा परिचर्चा गरियो। बैठकलाई सम्बोधन गर्दै जिल्लापाल एम भरानी कुमारले यस सभाको महत्वबारे विस्तृतरूपमा प्रकाश पारे। उनले दुई समुदायलाई सबै प्रकारको अत्याचारबाट जोगाउन कल्याणकारी अधिकृत, समाज कल्याण विभागसँग समन्वय राखेर काम गर्नु पर्ने महकुमा अधिकारी र प्रहरी विभागलाई आग्रह गरे। यस अवसरमा डीएसपी नाम्चीले वर्ष २०२० देखि यता अहिलेसम्म यस प्रकारको मुद्दा दर्ता नभएको सभामा अवगत गराए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *