कालचिनीः नर्स प्र्याक्टिशनर्स इन मिडवाइफरीमाथि बिहीबार कालचिनी स्थित उत्तर लोथाबारी ग्रामीण अस्पतालमा बहुसरोकारी कार्यशालाको आयोजना सम्पन्न भयो। चाइल्ड इन नीड इन्स्टीट्यूट सिनिको पहल अनि व्हाइट रिबन अलायन्स पश्चिम बंगालको आयोजना एवम् स्वास्थ्य विभागको सहयोगितामा सम्पन्न सो कार्यशालामा महिला स्वास्थ्य कर्मीहरू एवम् धाई आमाहरूको सहभागिता रहेको थियो भने कार्यशालामा कालचिनी बीएमओएच डा. सुभाषचन्द्र कर्मकार, कालचिनी बीडीओ प्रतिनिधि, एसीडीपीओ नर्बट लेप्चा, व्हाइट रिबन अलायन्स पश्चिम बंगालको संयोजक सुजय रोय सिनि संयोजक विमान चौधरी, योगेश लामा इन्द्रनील रोय एवम् अन्यान्यको उपस्थिति रहेको थियो।
मातृ स्वास्थ्यको वकालती गर्दै अघि आएको विश्वको सबैभन्दा ठूलो संस्था व्हाइट रिबन अलायन्सद्वारा व्हाट मिडवााइफ वान्ट अभियान मार्फत मिडवाउरी र नर्सिङ समुदायबीच गरीएको कामको कामको प्रशंसा लिएर व्यापक चर्चा साथै सो अभियानले भारतको २८ वटा राज्य अनि ३ वटा केन्द्रशासित प्रदेशहरूबाट प्रायः १०४५० जति मिडवाइफहरूबाट लिएको प्रतिक्रिया अनुरुप सरकार समक्ष पेश गरेको प्रस्तावलाई पश्चिम बंगाल सरकारले लिएको पहलको सराहना गर्दै कार्य योजना प्रारम्भ गरीएको बताईएको थियो। मूलतः प्रायः १० हजार ४८० जना नर्स अनि मिडवाइफरीसित गरीएको सोधखोजमा धेरै समस्या देखिएको र प्रसव रोगी र नर्स मिडवाइफरीको अनुपात असन्तुलितको कारण र उनीहरूको पारिश्रमिकमाथि विचार हुनपर्ने कुरा पनि सरकार समक्ष राखिएको यसैको चर्चा गर्न आज कार्यशालाको आयोजना गरीएको व्हाइट रिबन अलायन्स पश्चिम बंगालको संयोजक सिनिको राष्ट्रिय अधिवक्ता सुजय रोयले जनाएका छन्।