बनबस्तीका माध्यमिक अनि उच्च माध्यमिक परीक्षार्थीहरूको निम्ति अघि आयो बन विभाग

7578d188-2692-4fb9-9efd-ff3a3442c1a7

कालचिनीः सोमबारदेखि राज्यभरी नै माध्यमिक परीक्षा शुरु भएको छ भने परीक्षार्थीहरूको सुविधालाई ध्यानमा राखेर राज्य सरकारले विभिन्न दुर्गम गाउँ बस्तीका परीक्षार्थीहरूको निम्ति वाहनको असुविधालाई ध्यानमा राखेर सरकारी बस सेवा प्रदान गर्दै आईरहेको छ। यसै क्रममा राज्य बन विभागले जारी गरेको अधिसूचना अन्तर्गत सोमबार बक्सा ब्याघ्र प्रकल्प पश्चिम अन्तर्गत पर्ने प्रायः २१ वटा दुर्गम बनबस्तीका माध्यमिक परीक्षार्थीहरूको सुरक्षालाई ध्यानमा राखेर बन विभागले सम्बन्धित रेञ्ज मार्फत जंगली हात्तीबाट सुरक्षा प्रदान गर्न औ विद्यार्थीहरूलाई वाहन उपलब्ध गराउने दिशामा काम शुरु गरेको बक्सा ब्याघ्र प्रकल्पका अधिकारीहरूले जनाएका छन्।
सोमबार यस क्रममा बक्सा ब्याघ्र प्रकल्प अधीनस्थ अलिपुरद्वार जंक्सन, दमनपुर, कालचिनी, हेमिल्टनगञ्ज, मलंगी, हाँसीमारा, दलसिंहपाड़ा, पटकापाड़ा लोथाबारी क्षेत्रमा पर्ने स्कूलहरूमा केन्द्र परेका माध्यमिक परीक्षार्थीहरूलाई वाहन उपलब्ध साथै हात्ती कोरीडोर क्षेत्रमा बनकर्मीहरूले गश्ती गरेको थियो। यो कार्य आगामी उच्च माध्यमिक परीक्षासम्म चल्ने र परीक्षार्थीहरूको सुरक्षालाई ध्यानमा राखेर प्रत्येक रेञ्जका बनकर्मीहरूलाई सम्बन्धित रुटहरूमा खटाईएको बन विभागले जनाएका छन्।

About Author

Advertisement