दोस्रो वित्त र केन्द्रीय ब्याङ्क डेपुटिज (एफसीबीडी) बैठक उद्घाटन

00-1-image00127D30

याँ दिल्ली: दोस्रो जी-२० वित्त तथा केन्द्रीय ब्याङ्क डेपुटिज (एफसीबीडी) बैठक बुधबार (२२ फरवरी) यहाँ केन्द्रीय सूचना तथा प्रसारण एवं युवा मामिला तथा खेलकुद मन्त्री अनुराग सिंह ठाकुरको उद्घाटन भाषणका साथ शुरु भएको छ। जी-२० भारतको अध्यक्षतामा पहिलो जी-२० वित्त मन्त्रीगण र केन्द्रीय ब्याङ्क गभर्नर (एफएमसीबीजी)हरूको बैठक २४ देखि २५ फरवरी, २०२३ मा बेङ्गलुरु, कर्नाटकमा तय गरिएको छ। जी-२० एफएमसीबीजी बैठकअघि दोस्रो जी-२० वित्त तथा केन्द्रीय ब्याङ्क डेपुटिजी (एफसीबीडी)-को बैठक सम्पन्न भयो, जसको सह-अध्यक्षता अजय सेठ र आरबीआईका डेपुटी गवर्नर डा. माइकल डी. पात्राले गरे।

सम्बोधनका क्रममा मन्त्रीले वित्त ट्र्याक जी-२० प्रक्रियाको केन्द्रबिन्दु रहेको र यसले विश्वव्यापी आर्थिक बहस तथा नीतिगत समन्वयका लागि प्रभावकारी फोरम उपलब्ध गराएको बताए। वित्त ट्र्याकमा मुख्य कार्यप्रवाहहरू विश्वव्यापी आर्थिक दृष्टिकोण तथा जोखिम, विकास वित्त र विश्वव्यापी वित्तीय सुरक्षा नेटसहित अन्तर्राष्ट्रिय वित्तीय संरचना, वित्तीय समावेशीकरण र अन्य वित्तीय क्षेत्रका मुद्दा, पूर्वाधार विकास र वित्तपोषण, दिगो वित्त, विश्वव्यापी स्वास्थ्य वित्तपोषण र अन्तर्राष्ट्रिय करहरू हुन्।

नोभेम्बर २०२२ मा जब भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीले इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोबाट जी-२० अध्यक्षताको मशाल ग्रहण गरे, तब देशको लागि गर्वको क्षण थियो। साथै जी-२० ले मतभेदलाई समाप्त गर्न जारी राख्ने तथा वैश्विक महत्त्वका मामिलामा आम सहमति बनाउने ठूलो जिम्मेवारी आइपरेको थियो। आफ्नो उद्घाटन सम्बोधनमा मन्त्री ठाकुरले भने, ‘भारतको जी-२० अध्यक्षताको महत्त्व र पृथ्वीलाई सही बनाउन ध्यान केन्द्रित गर्ने, हाम्रो एक परिवारभित्र सद्भाव सिर्जना गर्ने र हाम्रो एक भविष्यको लागि आशा सिर्जना गर्नमा केन्द्रित रहेका प्राथमिकताहरूबारे प्रकाश पारे। बैठकको विषयवस्तुले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न सहयोगी प्रयासमा भारतको महत्त्वलाई प्रतिबिम्बित गर्दछ। विश्वव्यापी अर्थतन्त्रले कोभिड-१९ महामारी, खाद्य तथा ऊर्जा असुरक्षा, व्यापक आधारभूत मुद्रास्फीति, बढ्दो ऋण जोखिम, बिग्रँदै गएको जलवायु परिवर्तन र भूराजनीतिक तनावका दीर्घकालीन प्रभावहरूको सामना गरिरहेको छ। यी सबै सङ्कटको प्रभावले विश्वका प्रमुख विकास प्राथमिकताहरूमा प्रगतिलाई पछाड़ि पार्नसक्छ।

“जी-२० ले केन्द्रित संवाद र विचार-विमर्शको माध्यमबाट यी चुनौतीहरूको व्यावहारिक विश्वव्यापी समाधान खोज्न महत्त्वपूर्ण योगदान दिन सक्छ र भारतीय अध्यक्षताले यसलाई सक्रिय रूपमा सुविधा दिनेछ,” अनुराग ठाकुरले भने। उनले यो लक्ष्य पूरा गर्न २०२३ मा जी-२० वित्त ट्र्याक छलफलले २१औँ शताब्दीका साझा विश्वव्यापी चुनौतीहरूको सामना गर्न बहुपक्षीय विकास ब्याङ्क (एमडीबी)लाई सुदृढ गर्ने ‘भोलिका शहरहरू’-को वित्तपोषण, एकार्कामा वित्तीय समावेशीकरण र उत्पादकता लाभ र अन्तर्राष्ट्रिय कर एजेण्डालाई अगाडि बढ़ाउने डिजिटल सार्वजनिक पूर्वाधारको लाभ उठाउने उल्लेख गरे। जी-२० मा विभिन्न कार्यप्रवाहहरूले यी प्रमुख मुद्दाहरूमा काम शुरु गरिसकेका छन्।

२४ र २५ फरवरी, २०२३ मा हुने बैठकमा जी-२० वित्त मन्त्री र केन्द्रीय ब्याङ्कका गभर्नरहरूले अनुमोदन गर्ने विज्ञप्तिलाई अन्तिम रूप दिनको लागि डेपुटिजको बैठक समर्पित छ। यो विज्ञप्तिले प्रभाव पार्ने सबैभन्दा महत्त्वपूर्ण मुद्दाहरूमा जी-२० को सामूहिक दृष्टिकोणलाई मूर्त रूप दिनेछ। विश्व अर्थतन्त्र र प्रमुख विश्व अर्थतन्त्रका अर्थमन्त्री र केन्द्रीय ब्याङ्कका गभर्नरहरूसँग ठूलो अन्तर्राष्ट्रिय समुदायलाई प्रत्यक्ष रूपमा जोड्दछ। प्रमुख विश्वव्यापी समस्याहरूको समन्वयात्मक समाधानका लागि जी-२० देशहरूबीचको सहमतिले विश्व अर्थतन्त्रलाई हालको मन्दीबाट बाहिर निकाल्न र विकास तथा समृद्धिका लागि नयाँ अवसर सिर्जना गर्न मद्दत गर्न सक्छ भन्ने आम जनतालाई आश्वस्त पार्ने क्षमता छ।

यो विश्वास कायम राखिएको सुनिश्चित गर्न नीति निर्माताहरू जिम्मेवार छन्। यसको स्थापनादेखि नै जी-२० ले सङ्कटको समयमा सहमति कायम गर्न आफ्नो क्षमतालाई बारम्बार प्रमाणित गरेको छ। भारतीय अध्यक्षताको विकास के रहेको छ भने सफलता आगामी महत्त्वपूर्ण जोखिमको अनुमान लगाउने, रोक्ने र तयार गर्ने हाम्रो क्षमतामा निहित छ। यसले समावेशी र नवीकरण बहुपक्षीयताको माग गर्दछ। आफ्नो समापन मन्तव्यमा केन्द्रीय मन्त्री अनुराग ठाकुरले बहुपक्षीयताको भावनाको आकांक्षाको आवश्यकतामाथि जोड दिए। उनले विवादित मुद्दाहरू रहेकाले देशले आफ्नो घरेलु आकांक्षालाई सन्तुलनमा राख्नुपर्ने बताए। “यो रचनात्मक र फलदायी छलफलबाट हामी सामूहिक रूपमा इष्टतम नतिजा हासिल गर्न सक्छौँ,” उनले भने। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement