कतिपय राजनैतिक दलहरूले पहाड़मा अशान्ति सिर्जना गर्ने र राजनैतिक रोटी सेक्ने काम गरिरहेको छ: सुवास प्रधान

IMG-20230222-WA0239.jpg

खरसाङ: वर्तमान पहाड़को राजनीतिमा अन्योलता ल्याउन पहाड़को कतिपय राजनीतिक दलहरूले बंगाल विधान सभामा बंगाल विभाजन हुँदैन भनेर पहाड़मा अशान्ति सिर्जना गर्ने र राजनैतिक रोटी सेक्ने काम गरिरहेको आरोप भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले लगाएका छन्। उनले राजनीतिक पार्टीहरूका यो कार्यलाई जनताले नकारि सकेकोले उनीहरू विफल भएको भएको र उनीहरू राजनीतिक क्षेत्रमा परिपक्क भनेर भनिए पनि अहिलेको स्थिति बुझ्दा उनीहरू परिपक्क नभएको जस्तो भान भएको पनि बताएका छन्। भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै भने, ‘बंगालको विधान सभामा गोर्खाल्याण्डको हुँदैन भनेर प्रस्ताव पारित गरिएको छैन। त्यसैले जनतालाई अन्योलतामा राख्ने काम नगरियोस्। हामी गोर्खा जाति भूमिसितै यहाँ छौं अनि यी कुराहरू भाजपाको विधायकहरूले विधान सभामा जोडतोड़ले राखेका थिए। राज्य विभाजन हुँदैन भनेर बिहारमा म हुँदा बिहार विभाजन हुँदैन भनेर लालुप्रसाद यादवले भने पनि बिहारमा विभाजन भएर नयाँ राज्य बनियो। त्यसैले अलग राज्यको लागि केन्द्रको मानसिकता स्पष्ट हुनुपर्छ। हालैमा केन्द्र सरकारले जम्मु कश्मीरलाई टुक्राएर लेह लद्दाख बनाइयो। त्यसैले बंगाललाई पनि टुक्राएर अलग राज्य दिनुपर्छ भनी भारतीय जनता पार्टीले आफ्नै नेतृत्वहरूलाई भन्न सक्नुपर्छ। किनभने दिने र बनाउनु सक्ने केन्द्र सरकार नै हो।’
सुवास प्रधानले अघि भने, “भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा गोर्खाल्याण्ड विरोधी होइन। हामी गोर्खाल्याण्डकै पक्षधर हौं। हाम्रो स्टण्ड क्लियर छ तर पहाड़मा बन्द गरेर अशान्ति सिर्जना गर्छ भने हामी त्यसको विरोधमा खड़ा हुन्छौं।”
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले अझ भने, “गोर्खाल्याण्डको मांगमा कतिपय राजनैतिक दलका नेताहरूले राजनीतिक रोटी सेक्ने काम नगरोस्। हामी सरकारसित कुटनैतिक सम्बन्ध राखेर पहाड़को विकासको कार्य गर्न र भोलिको गोर्खाल्याण्डको लागि कुनै पनि दलले निष्पक्ष रूपमा मांग गर्छ भने हामी अघि खड़ा हुन तयार छौं।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement