असमको इन्द्रेणी प्रकाशनद्वार चारवटा समालोचना ग्रन्थसहित सात पुस्तक लोकार्पण

00-1-IMG-20230222-WA0134

असम: असमको इन्द्रेनी प्रकाशनले एकैदिन चारवटा समालोचना कृति प्रकाशन गरेर कृतिमान स्थापित गरेको छ। असमका वरिष्ठ कवि, कथाकार, समालोचक रुद्र बरालको निजी निवास रुक्मिणी भवनमा वरिष्ठ साहित्यकार शेरमान थापाको जन्म जयन्तीको छेक पारेर गत १९ फरवरीमा सातवटा पुस्तक विमोचित गरियो। यस क्रार्यक्रमको मुख्य आकर्षण थियो रुद्र बराल तथा कृष्णनील कार्की (सहयोगी – ढाकाराम काफ्ले)द्वारा सम्पादित ‘असमेली नेपाली समालोचना (खण्ड -१)’। प्रस्तुत ग्रन्थमा भारतका ४३ जना समालोचकले असमेली ४५ जना सर्जकका सिर्जनाहरूको मूल्याङ्कन गरेका छन्। यी ४३ जना समालोचकमद्धे ६ जना समालोचक पश्चिम बङ्गालको सिलगढी, डुवर्स, कालेबुङ क्षेत्रका रहेका छन् भने बाँकी ३७ जना असमका नवीन-प्रवीण समालोचक हुन्। सोही कार्यक्रममा अरू तीनवटा समालोचना पुस्तक कालेबुङका चर्चित समालोचक नवीन पौड्यालको ‘नेपाली गीतको सेरोफेरो’, असमकी युवा पिँढीकी चर्चित कवि नैना अधिकारीको ‘साहित्य सिर्जनाका बान्कीहरू’ र झर्ना मिश्र भट्टराईको ‘सिर्जना निरूपण’ समेत लोकार्पित भए। यस कार्यक्रमको दोस्रो सत्र ‘समालोचना विमर्श’मा बोल्दै प्रख्यात समालोचक प्राध्यापक नवीन पौड्याल भन्छन्, ‘मैले कुनै दिन कुनै सभामा र मेरो कुनै लेखमा असमको समालोचना टाक्सिएको छ भनेको थिएँ, अब आजदेखि म असमको समालोचना  फस्टाएको छ भन्छु।’

यस सत्रलाई उद्घाटन गर्दै कवि-कथाकार-समालोचक डा. इन्दु प्रभा देवी ‘असमबाट यति धेरै समालोचनाका पुस्तकहरू प्रकाशित गरेर मात्र २३ महिनाअघि जन्मिएको इन्द्रेनी प्रकाशनले एउटा ठूलो काम गर्‍यो, धेरै नवीन सर्जकलाई समालोचना लेख्न प्रोत्साहित गर्‍यो र म यस संस्थालाई धेरै धन्यवाद दिन चाहान्छु’ भन्दै समालोचना विधाको बारेमा आकर्षक शैलीले आफ्नो भनाइ राख्छिन्। सत्रका अर्का वक्ता गुवाहाटी विश्वविद्यालयका प्राध्यापक डा. खगेन शर्माले समालोचना र पुस्तक सम्पादनका केही विधिहरूको उल्लेख गर्दै सिर्जनशील साहित्य र समालोचनाका सङ्गोष्ठी, कार्यशाला आदि राख्न इन्द्रेणी प्रकाशनलाई सुझाव दिए र २३ महिनामा १३ वटा स्तरीय पुस्तक र असमेली समालोचनाको इतिहासमा एक उल्लेखयोग्य समालोचना पुस्तक प्रकाश गरेर नयाँ रेकर्ड गर्ने यस संस्थाका कार्यकर्ताहरूको योजना र जाँगरको उनले सराहना गरे।

कार्यक्रमको तेस्रो सत्रमा तिनवटा कविता पुस्तक विमोचित भए। यी तीनवटा कृतिहरूमा पर्यावरणीय साहित्यको एक संयुक्त सङ्कलन रहेको छ, जुनचाहिँ भारतीय नेपाली साहित्यमा पहिलो प्रयास हो। प्राध्यापक डा. देवेन सापकोटाको अथक प्रयासमा ७० जना कविहरूका सत्तरीवटा कविता समावेशित ‘असमेली पर्यावरणीय कविता’ सङ्कलनको सम्पादन डा. देवेन सापकोटा र अनुपमा कट्टेलले गरेका छन्। यही सत्रमा रुद्र बरालको तेस्रो कविता सङ्ग्रह ‘थोपो र मरुभूमि’ तथा कृष्णनील कार्कीको पनि तेस्रै कविता सङ्ग्रह ‘कविताको सिमसिमे झरी’ को पनि विमोचन गरियो।

अलिक नौलो तरिकाले सञ्चालन गरिएको यस सभाको सञ्चालकको रूपमा रहेका थिए ‘गोर्खा मञ्च’मा सञ्चालक तथा अनेसासका केन्द्रीय सदस्य ज्योति हुमागाईँ र ‘ब्रह्मपुत्र लाइभ’का सञ्चालक कवि-साहित्यकार कृष्णनील कार्की। पुस्तक विमोचनमा समालोचक ज्ञानबहादुर छेत्री, कथाकार हरि लुईँटेल, पूर्वायण प्रकाशनमा मालिक डा. अमृतकुमार उपाध्याय, अनेसासका केन्द्रीय सचिव राम उपाध्याय, केन्द्रीय सदस्य हेमन्त भट्टराई, विमल गजिरेल, उपन्यासकार-पत्रकार रोहित गौतम, कवि-कथाकार दिननाथ निरोला, कवि पूजा आचार्य आदिको सहभागिता रहेको थियो। 

यस कार्यक्रमको प्रारम्भ रेडियो कलाकार कृष्ण भट्टराईको गीतबाट भएको थियो र पहिलो सत्रमा साहित्यकार शेरमान थापाको जयन्तीको उपलक्ष्यमा बन्ती प्रज्जलन गरेका थिए वरिष्ठ साहित्यकार तथा अनेसास शोणितपुर जिल्ला समिताका सभापति डिल्लीराम खनालले भने कवयत्री बीना देवीले शेरमानको प्रतिकृतिमा माल्यार्पण गरेकी थिइन्। शेरमान जयन्तीलाई सम्बोधन गर्दै कवि-समालोचक तथा अनेसास उदालगढी जिल्लाका सभापति लक्ष्मण अधिकारीले शेरमान थापाको व्यक्तित्व र कृतित्वमाथि अत्यन्त सारगर्वित वक्तव्य राखेका थिए। उनले असममा रुद्र बरालको प्रयासमै इन्द्रेणी प्रकाशनले पोहोर साल पहिलो शेरमान जयन्ती पालन गरेर शेरमान जयन्तीको परम्परा बसाल्यो भनेर यस संस्थालाई धन्यवाद ज्ञापन गरे।

त्यस दिनको कार्यक्रममा असम नेपाली साहित्य सभाकी केन्द्रीय सचिव नवप्रभा अधिकारी, सचिव अनिल गौतम, शोणितपुर जिल्लाका मूलसचिव भुवन छेत्री, जिल्ला सदस्य मोहन उपाध्याय, कवि डा. दैवकी देवी तिमसिना, जगन्नाथ उपाध्याय, कथाकार इन्दिरा गौतम, कवि दुलुमणि देवी, कल्पना देवी, इन्दिरा देवी, अकादमी अनुवाद पुरस्कार प्रापक डा. सञ्जीव उपाध्याय आदिको उपस्थिति रहेको थियो भने ‘असमेली नेपाली समालोचना (खण्ड-१)को लागि आफ्नो रचना दिने २९ जना सर्जकलाई फुलबुट्टे गामछा, उपहारको पोको र सहभागिताको प्रमाण पत्र दिएर अभिनन्दन गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *