विधायक निरजप्रति प्रसाद थुलुङद्वारा आभार प्रकट

सिलगढी: गत २० फरवरीमा पश्चिम बङ्गाल विधानसभामा बङ्गाल विभाजनविरुद्ध प्रस्ताव पारित गरेको बेला गोर्खाल्याण्डको पक्षमा आफ्नो आवाजलाई बुलन्द पारेको भन्दै भाजपाका विधायक एवं गोरामुमो केन्द्रीय समिति सेक्रेटरी जनरल निरज जिम्बाप्रति गोरायुमो रंगबुल धोत्रे-रंगबुक समष्टिका प्रवक्ता प्रसाद थुलुङले समष्टिको तर्फबाट आभार व्यक्त गरेका छन्। उनले आफ्नो विज्ञप्ति जारी गर्दै भने, ‘विधायक निरज जिम्बाद्वारा ऐतिहासिक दस्तावेजसहित हाम्रो भूभागको विषय लिएर जुन प्रकारले आफ्नो आवाज विधानसभा सत्रमा बुलन्द पारेका छन् जहाँसम्म मेरो जानकारीअनुसार विगतका विधायकहरुले यसरी राख्न सकेका छैनन्। यो एउटा गोर्खा जातिको निम्ति ऐतिहासिक दिन हो र जीत पनि होl’

निरज जिम्बाकै वक्तव्यलाई उजागर गर्दै विज्ञप्तिमा उनले यसो भनेका छन्, ‘हामीले बङ्गाल विभाजनलाई विरोध गरेका छैनौं, तर हाम्रो भूभाग भौगोलिकअनुसार कहिले बङ्गालको थिएन। हाम्रो भूभाग १९४७ साल पछि मात्र १९५४ सालको अवशोषित क्षेत्र कानूनअनुसार पश्चिम बङ्गालमा विलय भएको थियो। यसैकारण हामीले हाम्रो भूभाग संवैधानिक अधिकारअनुसार अनुच्छेद ‘३ सी’अन्तर्गत फिर्ता मागेको होl गोर्खाहरुको ऐतिहासिक, भौगोलिक अनि संस्कृतिक भिन्नताको महत्वपूर्ण तथ्यहरुलाई विधायक निरजद्वारा विधानभामा जसरी प्रस्तुत गरियो यो एउटा हाम्रो निम्ति गर्वको विषय होl’ ‘सांसद राजु बिष्टले पनि गोर्खा जातिको निम्ति  निरन्तर कार्य गरिरहेका छन्। आफ्नो जाति र माटोलाई न्याय दिलाउन सांसद राजु बिष्टको योगदानलाई हामी सम्मान जनादछौं। अध्यक्ष मन घिसिङको नेतृत्वमा युवा नेतृत्वद्वारा गोर्खा जातिले न्याय पाउनेछ भनी हामी पूर्ण आस्वस्त छौं’, प्रसाद थुलुङले आफ्नो विज्ञप्तिमा यसरी बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *