८ वटा भाषामा १० वटा साहित्यिक पत्रिका आपन कथा विमोचित

460e6d5e-5e60-4ad9-aa20-7686fc5a231b


कालचिनीः अन्तर्राष्ट्रीय मातृभाषा दिवसको उपलक्ष्यमा सोमबार साँझ अलिपुरद्वार संलग्न दमनपुर क्षेत्रको माझेरडाबरी चियाबारी स्थित नोनाई नदीको तीरमा सृष्टिलोक, डाबरीचा र बईमहलको संयुक्त आयोजनामा मेरो भाषा मेरो अहंकारको थीममा बहुभाषिक साहित्यिक गोष्ठी सम्पन्न भयो। पद्मश्री धनीराम टोटोको प्रमुख आतिथ्य औ वरिष्ठ बाङ्गला लेखक प्रमोद नाथ बंगरत्न परिमल दे बाङ्गला वयोवृद्ध साहित्यकार अर्णव सेन, डा. निखिलेश राय, अलिपुरद्वार जिल्ला परिषदको सभाधिपति शीला दास सरकार एवम् अन्यान्यको उपस्थिति रहेको थियो।
सो समारोहमा बोड़ो, कुड़ुख, सादरी, बांग्ला, टोटो, राभा, तामाङ र लिम्बू भाषामा कविता वाचन गरीएको थियो। यसै अवसरमा नै बईमहल र हराईजोन पब्लिकेशनद्वारा प्रकाशित आपन कथा बहुभाषी पत्रिकाको विमोचन पनि गरीएको थियो भने यस अघि पद्मश्री धनीराम टोटोलाई सम्वर्द्धना प्रदान गरीएको थियो।

About Author

Advertisement