अठियाबारीमा अन्तर्राष्ट्रिय मातृ भाषा दिवस पालन

5dc4a788-6a5d-474f-ad74-b01b5171e0cb


कालचिनीः मंगलाबार अपराह्न समय कालचिनी खण्डको अठियाबारी चियाबारीको खेल मैदानमा २४औँ अन्तर्राष्ट्रिय मातृ भाषा दिवस पालन गरीयो। अखिल भारतीय सादरी भाषा साहित्य विकास समिति अनि अखिल भारतीय आदिवासी सदान महासभाको संयुक्त आयोजनामा सम्पन्न सो समारोहमा सो समगठनका अध्यक्ष हरि कुजूर लगायत उपदेष्टा डा.कमल कुजूर, सादरी/नागपुरी चलचित्रका निर्देशक एवम् अभिनेता नाग अमन लोहार, बलिराम चीक बडाईक, सादरी नागपुरी चलचित्रका निर्देशक प्रितम लोहार, निरज वत्स, घनस्याम उराँव, एमपी तिर्की, प्राण सुरीन आदिको मुख्य उपस्थिति रहेको थियो। कार्यक्रममा राष्ट्रिय झण्डा र समितिको झण्डा उत्तोलन संगठनका अध्यक्ष हरि कुजूरले गरेको थियो।
संगठनको उपदेष्टा डा. कमल कुजूरले यस सम्बन्धमा प्रत्येक बर्ष नै अन्तर्राष्ट्रिय मातृ भाषा दिवस पालन गर्दै आईरहेको र मूलतः आदिवासी जनजातिले बोल्ने सादरी नागपुरी भाषाको मान्यता विषय लिएर आदिवासी जमातलाई सचेत गर्नलाई यो कार्यक्रम गरिएको र अखिल भारतीय सादरी भाषा साहित्य विकास समिति अनि अखिल भारतीय आदिवासी सदान महासभाको प्रयास सादरी नागपुरी भाषालाई मान्यता दिलाउने चेष्टा जारई रहने जनाएका छन्।

About Author

Advertisement