सिक्किमः लोसार पर्वको अवसरमा राज्यका राज्यपाल लक्ष्मणप्रसाद आचार्यले एसटीएनएम अस्पतालमा उपचाराधीन रोगीहरूसँग भेट गरे। भेटको क्रममा उनले रोगीहरूको अवस्थाबारे जानकारी हासिल गरेको बताइएको छ। यस अवसरमा उनले रोगीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूलाई फल फूल प्रदान गरे। भेटघाटको क्रममा डा. सुरेश रसाईली र डा. चिन्तामणि शर्मा रहेका थिए।