टीएमसी मन्त्री सोभनदेव च्याटर्जीद्वारा गरिएको अपमानजनक टिप्पणी एकदमै असहनीय छ: राजु विष्ट

IMG-20230221-WA0354.jpg

सिलगढी: उत्तर बङ्गालका गोर्खा अनि आदिवासी समुदायहरूको सन्दर्भमा टीएमसी मन्त्री सोभनदेव च्याटर्जीद्वारा गरिएको अपमानजनक टिप्पणी एकदमै असहनीय छ भनी दार्जिलिङका भाजपा सासंद एंव भारतीय जनता पार्टीको राष्ट्रीय प्रवक्ता राजु विष्टले बताएका छन्।
उक्त बयानको खण्डन गर्दै सांसद राजु विष्टले गोर्खा, राजवंशी, आदिवासी, राभा, टोटो, कोचे, मेचे अनि अन्य अल्पसंख्यक समुदायहरू यी भूमिका मूल निवासी हुन् र दार्जिलिङ पहाड़ , तराई र डुअर्सका अभिन्न अंग हुन् भनी बताएका छन्। उनले अघि भने, ‘हामी सबै यस क्षेत्रलाई १९५४ को अब्जरबेशन एरिया एक्ट अन्तर्गत पश्चिम बंगालमा समाहित गरिनुभन्दा धेरै अघि देखिनै यहाँका थियौं भन्ने कुरा मन्त्री र तृणमूलले बिर्सेका छन् जस्तो मलाई लाग्दैछ।’
उनले, अघि भने,’उत्तर बङ्गालका अन्यान्य समुदायलाई होँच्याउने, भेदभाव गर्ने, गालीगलौच गर्ने अनि हामीविरुद्ध नस्लवादी व्यवहार गर्ने टीएमसीको विशिष्ट मानसिकताको अभद्र प्रदर्शन गरेका छन्। यस्तो मानसिकता, व्यवहार र टिप्पणीविरुद्ध म कड़ा विरोध जनाउँदछु, अनि माननीय मुख्यमन्त्री ममता ब्यानर्जीसँग मन्त्री सोभनदेवलाई तुरुन्तै क्षमा-याचना गर्न लगाउन, अनि उनलाई पश्चिम बङ्गाल क्याबिनेटबाट तुरुन्तै निष्कासित गर्न आग्रह गर्दछु। यस्ता नस्लवादी व्यक्तिहरूका लागि लोकतान्त्रिक व्यवस्थामा कुनै स्थान छैन।
गोर्खाहरूलाई विदेशी अनि आदिवासीहरूलाई प्रवासी भन्ने कसैलाई पनि हामीले सहने छैनौँ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement