दार्जीलिङ: दार्जीलिङ तराई डुवर्सले केही पाउन लागेको बेला फेरि मिरजाफरहरू देखा पर्दैछ भन्ने हाम्रो पार्टीको केन्द्रीय वरिष्ठ कार्यकर्ता लाडुप घिसिङले बताएका छन्। गोर्खा रंग मञ्च भवन परिसरको शहीद बेदी छेउमा पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी केन्द्रीय वरिष्ठ कार्यकर्ता घिसिङले २०१७ मा यसै गोर्खा रंग मञ्च भवन परिसरमा गोर्खाहरूलाई दबाउने काम भएको थियो तर आज फेरि गोर्खाहरू आफ्नो मांगबारे सचेत भएर बौरी उठेको छ। उनले अघि भने, ‘भारतीय जनता पार्टीलाई हामीले १४ वर्ष दिईसकेका छौं, यस पटक भाजपाले दार्जीलिङ तराई डुवर्सलाई केही दिने मन बनाई सकेको समयमा मिरजाफरहरू निस्कन थालेको छ। राज्य सरकारले गोर्खाहरूलाई माँस्ने काम गर्दैछ, हाम्रो आवाज दबाउने काम गर्दैछ अनि त्यसको विरोधमा निर्वाचित सभासदहरू सड़कमा ओर्लि सकेको अनि आफुहरूलाई पहाड तराई डुवर्स आदि क्षेत्रहरूबाट पनि समर्थनको संदेशहरू आउन थाली सकेको छ। नर्थ बेंगाल र साउथ बेंगालको समर्थनमा हाम्रैहरूले पनि वकालत गर्दै आईरहेको छ अनि अघि भर्खर मात्र लाल कोठीसम्म जानु नसक्ने भन्ने जस्ता बयानहरू पनि दिएका थिए। हाम्रो गोर्खा दाजु भाइ,दिदी बहिनीहरूको आवाजलाई जसले ढाकेर राखेको थियो, अब त्यस खरानीलाई उडाएर लैजाने समय आएको छ अनि हामी गोर्खाहरू एकबद्व भएर टुङ्गोमा पुग्छौं भन्ने आशा साचेका छौं।’
लाडुप घिसिङले अझ भने, ‘दुई पैसा कसैले दियो भन्दै उल्टा भुक्नु हुँदैन, यहाँ अहिले पर्जा पट्टाको कुराहरू गर्दैछ, गोर्खाल्याण्ड भएको भोलिपल्ट पर्जा पट्टा, मिनिमम वेजेस आदि जस्ता विषयहरू हामी आफैले दिनु सक्छौं, बंगालले हामीलाई केवल लुट्ने काम मात्र गर्दैछ, केन्द्र सरकारलाई पनि हामीले पर्खियौं, गोर्खाल्याण्ड कहाँ माग्नु पर्छ हामीलाई थाहा छ। दया गरेर तपाईहरूले पनि गोर्खाल्याण्डको विरोधमा बोल्ने काम नगरी दिनु होस्।’