२३ फरवरीको बन्दलाई गोरामुमोले समर्थन नगर्ने भयो   

00-1-Sandip-Limbu

दार्जीलिङ: पश्चिम बङ्गाल विभाजनविरुद्ध पारित गरेको प्रस्तावविरुद्ध जीटीएका नौजना विपक्षी सभासदहरूले २३ फरवरीमा डाकेको बन्दलाई गोरामुमोले समर्थन नजनाउने भएको छ। यसबारेमा गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीका महासचिव सन्दिप लिम्बूले प्रेस विज्ञप्ति जारी गरेका छन्। बन्दलाई समर्थन नगर्ने जनाउँदै विज्ञप्तिमा उनले यसो भनेका छन्, ‘गोरामुमो अध्यक्ष मन घिसिङले अब उसो जनताले दु:ख पाउनु हुदैन भनेर भनिसकेको छ यसकारण हडताललाई हाम्रो केही भन्नू छैन तर २३ फेब्रुअरी २०२३ को दिन हाम्रो पार्टीले ढाकेको बन्दलाई गोरामुमोले समर्थन गर्ने छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement