सिलगढी: बोरो कमिटीको पहलमा र लाइन्स क्लब आनन्दको सहयोगमा बोरो अफिस नम्बर ३ मा स्वास्थ्य शिविरको आयोजना गरियो। ३ नम्बर बोरो अन्तर्गतका सफाईकर्मीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर यो शिविर आयोजना गरिएको हो। शिविरमा अधिकांश छाला, आँखा र मुटु रोगको उपचार गरिएको थियो। स्वास्थ्य शिविरलाई हेर्न बोरो कार्यालयमा ठूलो भीड जम्मा भएको थियो। ३ नम्बर बोरो कमिटीका अध्यक्ष मिलि सिन्हाले एक अन्तर्वार्तामा समाजलाई सफा राख्ने दाजुभाइ दिदीबहिनीको स्वास्थ्यको ख्याल गर्नु हाम्रो कर्तव्य भएको बताउनुभयो। यसैलाई ध्यानमा राखी यस शिविर मार्फत स्वास्थ्य परिक्षण गरी ती व्यक्तिहरूलाई सबै प्रकारको सहयोग उपलब्ध गराइनेछ। जसलाई राम्रो उपचारको आवश्यकता छ उनीहरूलाई मद्दत गरिनेछ।










