वेब सिरिज: सञ्जयलीला भन्सालीको फिल्म ‘हीरामण्डी’को फर्स्ट लुक

00-1-Heeramandi-1

मुम्बई: गंगुबाई काठियावाडी’पछि अब बलिउडका चर्चित फिल्म निर्माता सञ्जयलीला भन्साली वेब सिरिजको संसारमा पाइला राख्न लागेका छन्। उनी आफ्नो निर्देशनमा ‘हिरामण्डी’ नामक वेब शो ल्याउन लागेका हुन्। यसको फर्स्ट लुक भिडियो सार्वजनिक भएको छ, जसमा मनिषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्ढा, सञ्जीदा शेख र शर्मीन सेगल रोयल लुकमा देखिएका छन्। यो लुकले नै सबैलाई आकर्षित पारेपछि सामाजिक सञ्जालमा यसले चर्चा पाउन थालेको छ। यस भिडियोको शुरुमा सञ्जयलीला भन्सालीको नाम देखिन्छ। यसपछि मनिषा कोइराला, अदिति राव हैदरी, शर्मीन सेगल, ऋचा चड्डा र अन्तिममा सोनाक्षी सिन्हाको झलक देखिन्छ। सबै पहेँलो पहिरनमा रोयल लुकमा देखिएका छन्। यो चाँडै नै नेटफ्लिक्समा रिलिज हुनेछ भनि यसमा लेखिएको छ।

‘हिरामण्डी’ को फर्स्ट लुक भिडियोले त्यो युगको झलक देखाउँछ जहाँ ‘वेश्या’ ‘रानी’ हुन्थीl   यसलाई सेयर गर्दै क्याप्शनमा लेखिएको छ, ‘सञ्जयलीला  भन्सालीले बनाएका एउटा अर्को समय, एउटा अर्को युग, एउटा अर्को जादुई युग, जसमा हामी भाग लिन प्रतीक्षा गर्न सक्दैनौंl  यहाँ ‘हिरामण्डी’को सुन्दर र रोचक संसारको एक झलक छ। छिट्टै आउँदैछ!’

About Author

Advertisement