२० फरवरीः दिल्लीमा भएको दोस्रो क्रिकेट टेस्ट म्याचमा भारत विरुद्ध ६ विकेटले पराजयको सम्मुखीन भएपछि अष्ट्रेलियाई कप्तान प्याट कमिन्स गम्भीर पारिवारिक स्वास्थ्य समस्याले गर्दा स्वदेश फर्किएका छन्। रिपोर्ट अनुसार, कमिन्स केही दिनसम्म सिडनीमा बस्नेछन् तर १ मार्चदेखि शुरु हुने तेस्रो टेस्टको तयारी गर्न भारत फर्किनेछन्। चारवटा टेस्ट म्याचको सीरीजमा अहिले अष्ट्रेलिया २-०-ले पछि रहेको छ। दोस्रो टेस्ट म्याचमा कमिन्सले प्रथम एकादशमा एकमात्र पेस बलरको रूपमा खेलेका थिए तर उनले म्याचको चौथो ईनिंग्समा बलिंग गरेनन्। अहिले उनी तेस्रो टेस्ट म्याचको निम्ति समयमै भारत फर्किने आशा रहेको छ। कमिन्स समयमा फर्किन नसके तेस्रो टेस्ट म्याचमा उपकप्तान स्टीव स्मिथले अष्ट्रेलियाई टीमको कप्तानी गर्ने सम्भावना छ। साल २०२१-को अन्तमा कमिन्सले अष्ट्रेलियाई टेस्ट टीमको कप्तानी सम्हालेका थिए। त्यसपछि कमिन्सको अनुपस्थितिमा स्मिथले दुईपल्ट टीमको अगुवाई गरिसकेका छन्।