बङ्गाल विभाजनको प्रस्ताव आउनअघि नै गर्मिन्दै राजनीति

west-bengal-india-extruded-capital-satellite-zoom-state-oblique-perspective-imagery-d-rendering-188583024.jpg

टीआरआई डेस्क  

दार्जीलिङ: पश्चिम बङ्गालमा उत्तर बङ्गाललाई छुट्टै राज्य बनाउने माग भाजपा र केही अन्य संगठनहरूले उठाइरहेका छन्। तर यसमा सत्तारुढ पार्टी टीएमसीले कुनै पनि स्थितिमा बङ्गालको विभाजन हुन नदिने स्पष्ट पारेको छ। अहिलेघरि टीएमसीले राज्यको विधानसभामा यो बङ्गाल विभाजनको विरुद्ध प्रस्ताव ल्याउने भन्ने हल्ला चलिरहेको छl यस बजेट अधिवेशनमा नै प्रस्ताव सो ल्याउँछ भन्ने हल्ला राजनैतिक माहोलमा चर्किएको छ। भाजपाले छुट्टै राज्यको मागलाई तीब्र बनाएको बेला टीएमसीले यस्तो प्रस्ताव ल्याएको भन्ने भनाइ पनि छl कतिपय पार्टीका नेताहरूले उत्तर बङ्गालका लागि छुट्टै राज्यको माग गर्दै आएका छन्। पश्चिम बङ्गालमा सर्वाधिक चर्चामा रहेको माग भने अलग राज्य गोर्खाल्याण्ड हो, यसपछि कामतापुर राज्य, ग्रेटर कोचबिहार पनि अलग राज्यको लाइनमा आउने गरेको छl गत वर्ष भाजपाका केन्द्रीय मन्त्री जोहन बारलाले उत्तर बङ्गाल राज्यको माग उठाएपछि यो चर्चामा आएको छl यसले गर्दा पनि टीएमसीले बङ्गाल विभाजनको विरुद्ध प्रस्ताव ल्याउँछ भन्ने हल्ला चर्किएको छl

अब लोकसभाको चुनाव आउँदो वर्ष २०२४ मा हुनेछ, जसले गर्दा अब चुनावको समय करिब ११ महिना जति मात्र समय छl चुनावका बेलामा भाजपाले सन् २००९, २०१४, २०१९ अलग राज्यको गोर्खाल्याण्डको वकालती गरेको हो, तर चुनावको संकल्पपत्रमा भने अलग राज्य गोर्खाल्याण्ड उल्लेख गरेनl संकल्प पत्रमा दार्जीलिङ पहाड, तराई-डुवर्सका लागि स्थायी राजनैतिक समाधान भनेर उल्लेख गर्योl तर आजसम्म पनि भाजपाबाट स्थायी समाधान भएको छैनl अहिले फेरि लोकसभा चुनाव नजिकिन थालेपछि उत्तर बङ्गाल राज्यको चर्चा उठेको छl भाजपाले राज्यको विभाजन चाहेको छ, तर यो कहिल्यै पूरा हुनेछैन भन्ने टीएमसीको  भनाइ छl यस प्रस्तावको बारेमा बङ्गालका भाजपाले हालसम्म कुनै वक्तव्य जारी गरेको छैन। दार्जीलिङमा हाम्रो पार्टीका अध्यक्ष अजय एड्वर्ड्सले भनेका छन्, ‘बङ्गाल विभाजनको प्रस्ताव पारित गरे, विरोधमा कार्य योजना तयार गर्नेछl’ विधानसभामा यो प्रस्ताव आउँछ आउँदैन त्यो प्रतीक्षाको विषय बनेको छl

About Author

Advertisement