भाह तकभर विण्टर कपः जी.बी. सेभेन एफ.सी. च्याम्पियन

IMG_20230220_124434.jpg

२० फरवरीः भाह तकभर बिर्खे धुरा कल्याण समिति, दार्जीलिङको तत्त्वावधानमा आयोजित भाह तकभर विण्टर कप ओपन नक्आउट फूटबल टुर्नामेण्टमा जी.बी सेभेन एफ.सी. च्याम्पियन भयो । भाह तकभर खेल मैदानमा आइतवार भएको फाइनलमा जी.बी सेभेन फूटबल क्लबले मनोरञ्जन संघ (एम.जे.एस.)-लाई ५-०-ले पराजित गऱ्यो। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ७० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। च्याम्पियन जी.बी सेभेन एफ.सी.-का म्याक्सवेलले प्लेयर अव् द म्याच अनि वांगदेन तामाङले प्लेयर अव् द टुर्नामेण्टको पुरस्कार जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement